Suvadin, Home

Cover Image

बिक्री पूर्व नै सञ्चालनमा एनसेल सिमकार्ड, डिलरमा छापा

दाङ । दाङमा प्रहरीले एनसेल डिलरमा छापा मारेर बिक्री हुनु पूर्व नै प्रयोगमा आएका सिमकार्डसहित विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

घोराही उपमहानगरपालिका–१५ विपी चोक नजिकै गणेश रेग्मीले आफ्नै घरमा सञ्चालन गरेको एनसेल डिलरमा प्रहरीले छापा मारी बिक्री नहुँदै प्रयोगमा आएका एनसेलका सिम, स्मार्टका सिमकार्ड, विभिन्न व्यक्तिका फोटो, लाईसेन्स, नागरिकताको प्रतिलिपि नियन्त्रणमा लिएको हो ।

प्रहरीले बिक्री पूर्व नै एक्टिभ भएका एनसेलका दुई सयवटा सिमकार्ड, स्मार्ट स्ट्याण्डर प्याक लेखिएका ६ सय ७० थान सिमकार्ड, स्मार्ट मास्टर सिम ६३ थान, स्मार्ट सेल लेखिएका ४ सय ८० थान सिमकार्ड नियन्त्रणमा लिएको छ ।

त्यसैगरी एक हजार २ सय ६७ वटा नागरिकताको प्रतिलिपि, प्रत्येकको १०–१० वटाका दरले ४ सय ७८ वटा पासपोर्ट साईजको फोटोसहित तीनथान मोवाईल समेत प्रहरीले बरामद गरेको छ ।

अवैधरुपमा सिमकार्ड बिक्री वितरण भैरहेको सूचनाका आधारमा छापा मारेर ती सामग्री जफत गरिएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । सिमकार्ड खरिदका लागि भरिने फारममा एउटै व्यक्तिको फोटो दर्जनौँ संख्यामा रहेको प्रहरीको भनाई छ ।


 

More form the Internet

loading...