Suvadin, Home

उद्यमशीलतामा नयाँ अायाम
आमाकाे सहयोग शुरु भयो रञ्जुको व्यावसायिक जीवन

‘मंगलबार १ सय वटा बिक्री भयो,’ रञ्जुले शुभदिनसँग भनिन्, ‘आज २ सय ४५, भोलिका लागि ३ सयभन्दा धेरैको अर्डर आएको छ।’ सोमबार ६ किलोग्राम पिठोबाट करिब एक सय वटा सेलरोटी बनाएकी थिइन्। स्वतस्फूर्त बिक्री भएपछि उनले यसलाई निरन्तरता दिएकी हुन्।
विवेकशील साझा पार्टीकी केन्द्रीय नेतृ रञ्जु दर्शना।

काठमाडौं, कात्तिक १ – विवेकशील साझा पार्टीकी केन्द्रीय नेतृ रञ्जु न्यौपाने दर्शनाले सोमबार सेलरोटीको व्यापार थालिएको जानकारीसहित फेसबुकमा स्टाटस् पोस्ट् गरिन्। 

‘यात्रा आरम्भ, माँ र छोरी मिलेर सेल बनाउँदै छौं। बौद्ध, नयाँ वस्तीस्थित फ्रेस मार्टमा पनि किन्न सक्नु हुनेछ,’ रञ्जुले अगाडि लेखेकी छिन्, ‘र, व्यक्तिगत सम्पर्कबाट पनि अर्डर लिने छु।’

अहिलेलाई धेरै बनाउन नसकेपनि सकेजति यो तिहार र पछि पनि मिठो सेल खुवाउने उनको प्रतिवद्धता छ। अहिले सेल बनाउने मुख्य व्यक्ति आमा भएको जानकारी पनि उनले गराएकी छिन्। एउटा सेलरोटीको मूल्य १८ रुपैयाँ राखिएको छ। 

रञ्जुले लेखेको पोस्ट्मा ४ सयजति कमेन्ट, डेढ सय शेयर र ४ हजारभन्दा धेरै लाइक्स् आएको छ। सबैको हौसला फेसबुकमार्फत उनले पाएकी छिन्। आफ्नो व्यापार उत्साहजनक रहेको उनले बताएकी छिन्। 

‘मंगलबार १ सय वटा बिक्री भयो,’ रञ्जुले शुभदिनसँग भनिन्, ‘आज २ सय ४५, भोलिका लागि ३ सयभन्दा धेरैको अर्डर आएको छ।’ सोमबार ६ किलोग्राम पिठोबाट करिब एक सय वटा सेलरोटी बनाएकी थिइन्। स्वतस्फूर्त बिक्री भएपछि उनले यसलाई निरन्तरता दिएकी हुन्।

चर्चित लेखक शिव खेडाको ‘सफल मानिसले अलग काम गर्दैन, अलग तरिकाले गर्छ’ भन्ने भनाई जस्तै रञ्जुले उद्यमशीलताको विकासका लागि गतिलो सन्देश प्रवाह गरेकी छिन्। 

रञ्जुको सेलरोटी व्यापारमा आमा रमला न्यौपाने गौतमको सहयोग छ। ‘मम्मीले बनाई दिनुहुन्छ,’ उनले भनिन्, ‘अर्डर लिने, प्याकेजिङ गर्ने, बेच्ने लगायतका सम्पूर्ण काम म आफैँ गर्छु।’


 

More form the Internet

loading...