Suvadin, Home

राष्ट्रिय बीमा कम्पनीले लाभांस प्रस्ताव नगरि साधारण सभा राखेपछि शेयरधनी आक्रोशित

साधारण सभामा उपस्थित रहेका शेयरधनीहरुले लाभांश विनाको साधारण सभा स्थगित गनुपर्ने माग राख्दै सभा सञ्चालनमा केहिबेर अवरोध सृजना गरेपछि निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो साधारण सभा शुरु भएको हो। साधारण सभामा बोल्ने अधिकांश लगानीकर्ताले लाभांश सहितको साधारण सभा तुरुन्तै राख्नुपर्ने माग गरेका छन्।

काठमाडाैं, १९ असोज – राष्ट्रिय बीमा कम्पनीले लाभांश प्रस्ताव नगरि एकैपटक पाँच आर्थिक वर्षको साधारण सभामा अायोजना गर्दा शेयरधनीले असन्तुष्टि पोखेका छन्। उनीहरुले लाभांश विनाको साधारण सभा स्थगित गर्न माग गरिरहँदा निर्धारित समय भन्दा ढिलो गरी साधारण सभा शुरु भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०६३–६४ देखि २०६७–६८ को वार्षिक साधारण सभा अमृतभोग क्याटरर्स कालिकास्थान, काठमाडौंमा शुक्रबार दिउसो १ बजेका लागि राखेको थियो।

साधारण सभामा उपस्थित रहेका शेयरधनीहरुले लाभांश विनाको साधारण सभा स्थगित गनुपर्ने माग राख्दै सभा सञ्चालनमा केहिबेर अवरोध सृजना गरेपछि निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो साधारण सभा शुरु भएको हो। साधारण सभामा बोल्ने अधिकांश लगानीकर्ताले लाभांश सहितको साधारण सभा तुरुन्तै राख्नुपर्ने माग गरेका छन्।

कम्पनीले यसअघि लगानीकर्तालाई १२० प्रतिश बोनस शेयर र ५.१४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। तर, नियामक बीमा समितिले अनुमोदन नगरेपछि कम्पनीको लाभांश रोकिएको थियो। कम्पनीले घोषणा गरेको बोनसको प्रलोभनमा परेर चर्को मूल्यमा शेयर किन्ने लगानीकर्ताहरु बढी आक्रोशित देखिएका छन्।

राष्ट्रिय बीमा कम्पनीले २०५१ सालदेखि २०७१ सालसम्म बीमा संस्थानका रुपमा रहँदाको कतिपय हिसाब अझै मिलाउन नसकेका कारण १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्तावलाई तत्काललाई स्थगित गर्दै साधारण बोलाएको हो।

राष्ट्रिय बीमा कम्पनीले विभिन्न आर्थिक वर्षको गरी झण्डै ८० करोड रुपैयाँ बराबरको सस्पेन्स एकाउण्टको हिसाब मिलान गर्न बाँकी छ। कमपनीले आर्थिक वर्ष २०७२–७३ सम्मको लेखापरीक्षण भने पुरा भएको छ।

सस्पेन्स एकाउण्टको हिसाब नमिलेका कारण २०६८–६९ पछिका लेखापरीक्षण भईसकेका वर्षको साधारण सभा हुन नसकेको हो। अब सस्पेन्स हिसाब मिलान भएपछि अर्को साधारण सभाबाट मात्र बीमा कम्पनीले यस अघि प्रस्ताव भएको १२० प्रतिशत बोनस वितरण गर्नेछ।


 

More form the Internet

loading...