Suvadin, Home

छैटौंं घरजग्गा मेला–२०७३ सुरू
पुनर्निर्माणलाई तदारुकता दिन राष्ट्रपतिकाे अाग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले महाभूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई तदारुकताका साथ सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छिन्। छैटौंं घरजग्गा मेला–२०७३ को शुक्रबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएका सार्वजनिक निजी भवन पुनर्निर्माणमा तदारुकता देखाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी हुन्।
छैटौंं घरजग्गा मेला–२०७३ को शुक्रबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारी।

काठमाडौं, चैत २५ – राष्ट्रपति विद्यादेवी भण्डारीले महाभूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई तदारुकताका साथ सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छिन्।

छैटौंं घरजग्गा मेला–२०७३ को शुक्रबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएका सार्वजनिक निजी भवन पुनर्निर्माणमा तदारुकता देखाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी हुन्।

विगतबाट शिक्षा लिँदै आवास भवन तथा अपार्टमेण्ट निर्माण गर्दा वैज्ञानिक ढंगले माटो परीक्षण गर्नुको साथै विज्ञहरुको प्रत्यक्ष निगरानीमा विद्यमान कानुनी मापदण्डलाई अनुसरण गर्नतर्फ पनि उनले सचेत गराएकी छिन्।

राष्ट्रपति भण्डारीले अति विपन्न तथा सीमान्तकृत वर्गको लागि अघि सारिएको आवास कार्यक्रमलाई अझै प्रभावकारी र विस्तारित तुल्याउन सरोकारित पक्षलाई सचेत गराइन्।

उनले मुलुकमा घरवार विहीन हुनेको संख्या बढ्दै गएको तथा जनताको क्रय शक्ति घट्दै गएको अवस्थामा सरकारी तथा गैरसरकारी क्षेत्र दुवैले किफायती, भुकम्प प्रतिरोधी र व्यवस्थीत आवास निर्माण गरी जनताको आवासको अधिकार स्थापित गर्ने अपेक्षा आफूले लिएको बताएकी छिन्।


 

More form the Internet

loading...