Suvadin, Home

वीरगञ्ज नाकाबाट हुने राजश्व संकलनमा कमी

मुलुकको राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको वीरगञ्ज भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ। वीरगञ्ज भन्सार नाका प्रयोग गरी नेपालमा आयात हुने सवारी साधनमा भारी गिरावट आएपछि राजश्व संकलनमा कमी आएको हो। माघ र फागुन महिनामा सवारी साधनको आयातमा भारी गिरावट आएपछि राजश्व संकलनमा कमी आएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिएका हुन्।
वीरगञ्ज नाका।

वीरगञ्ज, चैत २६ – मुलुकको राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको वीरगञ्ज भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ। वीरगञ्ज भन्सार नाका प्रयोग गरी नेपालमा आयात हुने सवारी साधनमा भारी गिरावट आएपछि राजश्व संकलनमा कमी आएको हो।

माघ र फागुन महिनामा सवारी साधनको आयातमा भारी गिरावट आएपछि राजश्व संकलनमा कमी आएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिएका हुन्।

माघ र फागुन महिनामा मात्रै मंसिर र पुस महिनाको भन्दा १ हजार २७ वटा कार, जीप र भ्यान आयातमा कमी हुँदा २ अरव ३० करोड राजश्व गुमाउनु परेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

भन्सार प्रमुख पोखरेलले मंसिर र पुस महिनासम्म राजश्व संकलन लक्ष्यअनुसार नै भएको पनि स्पष्ट पारे। उनले भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने जीप, कार तथा भ्यानमा वित्तीय संस्थाले लगानी गर्न नमानेपछि ती साधनहरुको आयातमा कमी आएको पनि उल्लेख गरेका छन्।

सरकारले वीरगञ्ज भन्सार कार्यालयबाट यस वर्ष १ खर्ब ७ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। वीरगञ्ज भन्सार कार्यालयले अहिलेसम्म ७० अर्ब ७१ करोड राजश्व संकलन भएको पनि स्पष्ट पारेको छ।


 

More form the Internet

loading...