Suvadin, Home

शिव श्री हाइड्रोको आईपिओमा आवेदन गर्ने समय एक साता थप

कम्पनीले गत पुस २७ गते देखि निष्काशन गरिएको शेयरमा यसअघि माघ ११ गते आजसम्म आवेदन गर्ने समय निर्धारण गरिएको थियो। कम्पनीले स्थानीयबासिको अनुरोधमा ७ दिन समयावधि बढाएको हो।


काठमाडौं,११ माघ -शिव श्री हाइड्रोपावर कम्पनीले आईपिओमा आवेदन गर्ने समय एक साताका लागि थपेको छ। आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरुले अब माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

 कम्पनीले गत पुस २७ गते देखि निष्काशन गरिएको शेयरमा यसअघि माघ ११ गते आजसम्म आवेदन गर्ने समय निर्धारण गरिएको थियो। कम्पनीले स्थानीयबासिको अनुरोधमा ७ दिन समयावधि बढाएको हो।

कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर (आईपिओ) बिक्रीमा ल्याएको हो।

हाल कम्पनीले पहिलो चरणमा जारी पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत शेयर निष्काशन गरेको हो। स्थानीयका आईपिओ जारीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ४९ लाख ४०० रुपैयाँ पुग्नेछ।

सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयले यस आईपिओमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ७ हजार ३८० कित्ता अर्थात ७ लाख ३८ हजार रुपैयाँसम्मको आवेदन गर्न पाउने व्यवस्था गरिएको छ।

आवेदन गर्दा ५० हजार भन्दा माथिको आवेदन दिनेले चेक मार्फत र दश लाख रुपैयाँमाथि आवेदन गर्ने आवेदनले अनिवार्य प्यान नम्बर उल्लेख गर्नुपर्नेछ।

आईपिओमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका (साविकको फुल्पिङकट्टी र मार्मिङ गाविस), बाह्रविसे नगरिपालिका (साविकको गाति, मानेश्वरी र राम्चे गाविस), त्रिपुरा गाउँपालिका (धस्कुन र टेकानपुर गाविस) र सुनाकोशी गाउँपालिका (साविकको पाङग्रेटार गाविस) का बासिन्दाले मात्र आवेदन गर्न पाउनेछन्।


 

More form the Internet

loading...