Suvadin, Home

'सगरमाथा संवाद'  आउन संयुक्त राष्ट्र संघका महासचिवलाई निम्तो 

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई सगरमाथा संवादमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन राष्ट्र संघको हेडक्वार्टर न्युयोर्क पुगेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपीशर्मा ओलीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् । 

परराष्ट्रमन्त्री ज्ञवाली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच मंगलबार भेट भएको युएन नेपाल मिसनले जनाएको छ । 

नेपाल मिसन टु नेपालको ट्विटर ह्यान्डलमा जनाइए अनुसार भेटका क्रममा शान्ति स्थपना र दिगो विकासका बारेमा छलफल भएको थियो । 

आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ । 

नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो ।
 


 

More form the Internet

loading...