Suvadin, Home

एभरेष्ट र साल्ट ट्रेडिङको कारोबारले सर्किट लाग्यो

प्रभु बैंकको सबैभन्दा धेरै २ करोड ३१ लाख रुपैयाँको करोबार भएको छ। मेरो माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ३.८८ प्रतिशतले गुमाएका छन्।

काठमाडाैं, २९ कात्तिक – साताको अन्तिम दिन बिहीबार शेयर बजार ३.६९ अंकले घटेको छ। अनलाइन प्रणालीमा सुधार भएपनि नेप्स अोरालो लागेर बन्द भएको हो।

कारोबार शुरु भएको केही समयसम्म बजार हरियो देखिएको भए पनि त्यसपछि विस्तारै घटेर बन्द भएको छ। अाज कारोबारमा अाएका कम्पनीको २३ करोड ९८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ। यो बुधबारको तुलनामा कारोबार रकम वृद्धि भएको हो।

अाज सम्पुर्ण सूचक तथा उपसूचक घट्दा होटलको सूचक भने ०.०२ प्रतिशतले बढेको छ। त्यस्तै प्रभु बैंकको सबैभन्दा धेरै २ करोड ३१ लाख रुपैयाँको करोबार भएको छ। मेरो माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ३.८८ प्रतिशतले गुमाएका छन्।

एभरेष्ट इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेसनको कारोबारमा बढेर सर्किट लागेको छ। सर्किट लाग्दा एभरेष्टको ६३१ रुपैयाँ र साल्ट ट्रेडिङको ४१५ रुपैयाँमा करोबार भएको छ। 


 

More form the Internet

loading...