Suvadin, Home

अमेरिका र चीनबीचको व्यापार विवादले स्टक मार्केट प्रभावित

साङ्घाई कम्पोजिट इन्डेक्स सन् २०१४ पछि पहिलो पटक न्यून बिन्दुमा झरी २६५१.७९ पुगेको छ। अमेरिका र चीनबीच व्याप्त व्यापार विवादले कसैको पनि हित नगर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताएका छन्। उनले समानता, इमान्दारिता, आपसी सम्मानसहित हुने वार्ताले अमेरिका र चीनबीच व्याप्त वर्तमान व्यापार विवादलाई सही दिशा दिने समेत उल्लेख गरे।

काठमाडाैं, असोज २ – अमेरिकाले चीनबाट अायात हुने वस्तुमा दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेपछि यसको प्रभाव चीनियाँ शेयर बजारमा समेत देखिएको छ। अमेरिकाले चिनियाँ सामानमा नयाँ कर लगाउने निर्णयले चिनियाँ स्टक बजारमा असोज १ गते सोमबार नै एक प्रतिशतले गिरावट देखिएको छ।

साङ्घाई कम्पोजिट इन्डेक्स सन् २०१४ पछि पहिलो पटक न्यून बिन्दुमा झरी २६५१.७९ पुगेको छ। अमेरिका र चीनबीच व्याप्त व्यापार विवादले कसैको पनि हित नगर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताएका छन्। उनले समानता, इमान्दारिता, आपसी सम्मानसहित हुने वार्ताले अमेरिका र चीनबीच व्याप्त वर्तमान व्यापार विवादलाई सही दिशा दिने समेत उल्लेख गरे।

यसको प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको चेतावनी दिएका छन्। बेइजिङले अमेरिकाबाट चीनमा आयात गर्ने छाला, कोका क्रिम र कन्डोमलगायतका सामानमा ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने लक्ष्य लिएको छ। हाल अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ।


 

More form the Internet

loading...