Suvadin, Home

सानिमा बैंकको भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु

यो सेवा लिन ग्राहकहरुले बैंकको वेवसाइटमा गएर भिसा कार्डका आवश्यक जानकारी गराइ सुचारु गर्न सक्ने छन्। सेवा लिइसकेपछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, शपिङ जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन्।

काठमाडौं, १२ असोज – सानिमा बैंकले भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु गरेको छ। सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाइन कारोबार गर्न सकिने बैंकले जनाएको छ। 

यो सेवा लिन ग्राहकहरुले बैंकको वेवसाइटमा गएर भिसा कार्डका आवश्यक जानकारी गराइ सुचारु गर्न सक्ने छन्। सेवा लिइसकेपछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, शपिङ जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन्।

ग्राहकहरुले यही सेवा प्रयोग गरि यति एयरलाइन्सको अनलाइन टिकट खरिद गरे बापत २ प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन्। 


 

More form the Internet

loading...