Suvadin, Home

युएईमा तीन नेपालीले यसरी जिते २५–२५ सय डलर

पहिलो, दोस्रो र तेस्रोमा क्रमशः धनुषा घर भएका गणेश कपाडी केवट, काठमाडाैंकी सरला केसी र लुम्बिनी घर भएका शेखर भुसाल छन्। उनीहरुले युएईमा रहेको एक्सचेन्जको विभिन्न शाखाबाट नेपाल पैसा पठाउँदा उक्त रकम हात पारेको युएई एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईले बताएका छन्।
विजेतालार्इ रकम हस्तान्तरण गरिँदै।

रुपेश अधिकारी, युएई, २५ जेठ – युएई एक्सचेन्जद्वारा सञ्चालित ‘धेरै जितौं, ठूलो धनराशी जितौं’ योजनामा तीनजना नेपालीले प्रतिव्यक्ति २५ सय डलर (प्रतिव्यक्ति २ लाख ७० हजार रुपैयाँ हात पारेका छन्।

पहिलो, दोस्रो र तेस्रोमा क्रमशः धनुषा घर भएका गणेश कपाडी केवट, काठमाडाैंकी सरला केसी र लुम्बिनी घर भएका शेखर भुसाल छन्। उनीहरुले युएईमा रहेको एक्सचेन्जको विभिन्न शाखाबाट नेपाल पैसा पठाउँदा उक्त रकम हात पारेको युएई एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईले बताएका छन्।

गणेशले मफ्रक शाखाबाट, केसीले दुबईस्थित अलरिका शाखाबाट  र भुसालले अबुधाबीस्थित मुसाफा आइकार्डमा रहेको शाखाबाट रेमिट्यान्सको प्रयोगबाट रकम पठाएका थिए। केसी छुट्टीमा भएकाले उनको पुरस्कार अन्तरगतको रकम भने उनी आएपछि दिइने प्रसाईले जानकारी दिए।

युएई एक्सचेन्जको उक्त योजनामा हरेक दिन २५ सय डलर, साप्ताहिक ५ हजार डलर र मेघा पुरस्कार अन्तरगत १ लाख डलर रहेको छ। यो योजना जुन १६ सम्म रहने छ।

बिहीबार भएको पुरस्कार वितरण कार्यक्रममा अबुधाबी जनरल प्रमुख अनुप राजगोपाल, क्लस्टर म्यानेजर सुनील  कुमार र आइकार्ड शाखाका प्रमुख प्रकाश मेनोनको उपस्थितिमा उक्त रकम दिइएको प्रसाईले जानकारी दिएका छन्।


 

More form the Internet

loading...