Suvadin, Home

साैर्य एयरलाइन्सकाे नयाँ जहाज

विमान अमेरिकाबाट आइसल्याण्ड, फिनल्याण्ड, अजरवैजान हुँदै काठमाडाैं आइपुगेको हो। क्यानडामा बनेको सि आर जेट टु हण्डेड बम्बाडएर विमान थप भएसँगै अब सौर्य एयरलाइन्ससँग विमानकाे संख्या दुई पुगेको छ।
सौर्य एयरलाइन्सकाे जहाज ।

काठमाडाैं, फागुन ३० - सौर्य एयरलाइन्सले एउटा विमान थप गरेको छ। सि आर जेट टु हण्डेड बम्बाडएर नामको विमान शुक्रबार अमेरिकाको एरिजोनाबाट उडान भरेको विमान विभिन्न देश हुँदै  सिधैं आइतबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

विमान अमेरिकाबाट आइसल्याण्ड, फिनल्याण्ड, अजरवैजान हुँदै काठमाडाैं आइपुगेको हो। क्यानडामा बनेको सि आर जेट टु हण्डेड बम्बाडएर विमान थप भएसँगै अब सौर्य एयरलाइन्ससँग विमानकाे संख्या दुई पुगेको छ।

विमान आइपुगे पनि यसले व्यावसायिक उडान दुई हप्तापछि मात्रै गर्ने सौर्य एयरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिएका छन्। विमान अवतरण भएलगत्तै एयरलाइन्सका पदाधिकारीले त्रिभुवन विमानस्थलमा विमान चालकको भव्य स्वागत गरेका छन्।


 

More form the Internet

loading...