Suvadin, Home

आशा लघुवित्तको आईपिओ खुल्यो

लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

काठमाडौं,१८ माघ -आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ। ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन्। जसमा न्यूनतम १० कित्तादेखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सकिनेछ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघि नै नियुक्त गरिसकेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन्।

 


 

More form the Internet

loading...