Suvadin, Home

Cover Image

नाइटिङगेलमा ४ जीपीए ल्‍याउनेलाई ५० हजार पुरस्कार 

काठमाडौं । नाइटिङगेल स्कुलले आफ्नो २७औ वार्षिक उत्सव भव्‍यताका साथ मनाएको छ। ललितपुरको लगनखेलस्थित आर्मी खेल मैदानमा नाइटिङगेल स्कुलले विभिन्‍न सांस्कृतिक कार्यक्रमको आयोजनासहित आफ्नो २७औ वार्षिक उत्सव मनाएको हो।

वार्षिक उत्सवमा नाइटिङगेल स्कुलका संस्थापक अध्यक्ष एवं माननीय सांसद तेजुलाल चौधरीले अब आउने एसइइ परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु.२५ हजार र सम्मान पत्र तथा कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु. ५० हजार र सम्‍मानपत्र प्रदान गरिने घोषणा गरे।

यसका साथै उनले शिक्षकहरुका लागि पनि नगद रु २५ हजार पुरस्कार दिने घोषणा गरे। उनले भने, ‘विद्यार्थीहरुलाई मात्रै नभइ शिक्षक साथीहरुले पनि एउटा टार्गेट पूरा गरेमा नगद रु २५ हजार र सम्‍मान पत्र प्रदान गर्नेछौ।’

उनले शिक्षा नै ज्‍योतिको मुहान भएकाले शिक्षामार्फत आफूमा भएको कला र कौशललाई चिनेर अगाडि बढाउन नाइटिङगेल कलेज सधै र सदैव तत्पर रहेको बताए। उनले भने, ‘नाइटिङल स्कुल विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र पहिचान गरी उनीहरुलाई सोही अनुसारको वातावरण दिन कुनै कसर बाँकी राख्दैन।हामी यही प्रतिवद्धता अभिभावहरुसँग गर्न चाहन्छौ।’


 

More form the Internet

loading...