Suvadin, Home
Nepal life 3.22M

लगानीकर्ताको गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

सरकारले मुद्रा तथा पुँजी बजारका समस्या अध्ययनका निम्ति उच्चस्तरीय समिति गठन भई कार्य सम्पन्न गर्ने तयारीमा रहेको सन्दर्भमा लगानीकर्तालाई संयमित हुन बोर्डले आग्रह गरेको छ।

काठमाडाैं, ३ पुस – नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको पछिल्ला गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अपूर्ण सूचना प्रवाह गरेर सर्वसाधारण लगानीकर्तामा अन्योलता सिजना गरेर दोस्रो बजारमा कारोबार रोक्ने जस्ता गतिविधिप्रति आपत्ति जनाएको हो।

सरकारले मुद्रा तथा पुँजी बजारका समस्या अध्ययनका निम्ति उच्चस्तरीय समिति गठन भई कार्य सम्पन्न गर्ने तयारीमा रहेको सन्दर्भमा लगानीकर्तालाई संयमित हुन बोर्डले आग्रह गरेको छ। उसले शेयर कारोबार रोक्ने जस्तो कामप्रति भने आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

ब्याजदर, शेयर बजार र ऋण पत्र लगायातको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान एवं सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन भएको र समितिले प्रतिवेदन छिट्टै बुझाउने क्रममा रहेको बोर्डले जनाएको छ।


 

More form the Internet

loading...