Suvadin, Home

धितोपत्र बोर्डद्वारा ओपल सेक्युरिटिजलार्इ शेयर कारोबारमा रोक

बोर्डले सात दिनभित्र विवरण पेश नभए कारोबार निरन्तर रोक लगाइने जनाएको छ।

काठमाडौं, ७ मंसिर – नेपाल धितोपत्र बोर्डले ओपल सेक्युरिटिज इन्भेष्टमेन्टको कारोबारमा रोक लगाएको छ। बोर्डले वार्षिक हिसाब तथा विवरण पेश नगरेको भन्दै कारोबारमा रोक लगाउन नेपाल स्टक एक्सचेन्जलार्इ पत्र पठाएको हो।

बोर्डले धितोपत्र सम्वन्धी ऐन २०६३ को दफा ८२ तथा धितोपत्र व्यवसायी नियमावली २०६४ को नियम ३५(१) बमोजिम असोज मसान्तभित्र पेश गर्नुपर्ने वार्षिक हिसाब पेश नगरेको जनाएको छ।बोर्डले ओपल सेक्युरिटिजलार्इ तीस दिन म्याद थप गर्दा समेत विवरण पेश नगरेकोले सात दिनका लागि कारोबारमा रोक लगाएको जनाएको छ। बोर्डले सात दिनभित्र विवरण पेश नभए कारोबार निरन्तर रोक लगाइने जनाएको छ।


 

More form the Internet

loading...