Suvadin, Home

दुवै छिमेकीसँग बलियाे सम्बन्ध बनाउनु पर्छः बैरागी

सरकारले छिमेकसँगको सम्बन्धलाई अझै बलियो बनाउने प्रतिवद्धता जनाएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले सरकारले छिमेकसँगको सम्बन्धलाई बलियो बनाउन उच्च प्राथमिकता दिएको बताएका हुन्। बिहीबार काठमाडौंमा आयोजित नेपालको परराष्ट्र नीतिका चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार राष्ट्रको हितलाई सर्वोपरी राखेर छिमेकसँगको सम्बन्धलाई अझै बलियो बनाउन लागि परेको स्पष्टिकरण पनि दिए।
परराष्ट्र सचिव शंकरदास बैरागी ।

काठमाडौं, फागुन ५


सरकारले छिमेकसँगको सम्बन्धलाई अझै बलियो बनाउने प्रतिवद्धता जनाएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले सरकारले छिमेकसँगको सम्बन्धलाई बलियो बनाउन उच्च प्राथमिकता दिएको बताएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित नेपालको परराष्ट्र नीतिका चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार राष्ट्रको हितलाई सर्वोपरी राखेर छिमेकसँगको सम्बन्धलाई अझै बलियो बनाउन लागि परेको स्पष्टिकरण पनि दिए।

सचिव बैरागीले भारत र चीन दुवै मुलुकको सुरक्षा संवेदनशीलताबारे पनि सरकार सचेत रहेको स्पष्ट पारे। उनले नेपालले भारत र चीन विरोधी गतिविधि हुन नदिने नीति लिएको पनि स्मरण गराएका हुन्।

कार्यक्रममा परराष्ट्रविद्हरुले नेपालको परराष्ट्र नीति समय अनुकुल परिवर्तन हुन नसकेको धारणा राखेका थिए। उनीहरुले परराष्ट्र नीतिको विषयमा दलहरुबीच समान धारणा समेत तय हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए।


 

More form the Internet

loading...