Suvadin, Home
मौद्रिक नीतिपछि घटेको शेयर बजारमा मंगलाबार सुधार आएको छ। खासगरी वित्तीय क्षेत्रका कम्पनीको मूल्य उक्लिँदा सुचकमा सुधार आएको हो।
नेपाल स्टक एक्सचेन।

काठमाडौ, असार २७– मौद्रिक नीतिपछि घटेको शेयर बजारमा मंगलाबार सुधार आएको छ। खासगरी वित्तीय क्षेत्रका कम्पनीको मूल्य उक्लिँदा सुचकमा सुधार आएको हो। करिव एक अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। नबिल बैंक संस्थापकको २४ करोड ६१ लाख र नेशनल लाइफ इन्स्योरेन्स संस्थापकको ९ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  
 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ९.७९ अंकले बढेर १५८५.०१ मा पुगेको छ। दिनभरीमा १४९  कम्पनीका १९  लाख ३०  हजार कित्ता शेयर किनबेच भएको छ। आज  कारोबारमा आएका सबै उपसुचक बढेका छन्। बैंक ७.९५, होटल ३५.२८, विकास बैंक १३.४८, जलबिद्युत १५.०८, फाइनान्स ७.५२, बीमा ६०.७९, उत्पादनमुलक ०.६८ र अन्य २.३१ अंक बढेको छ। 
 
 


 

More form the Internet

loading...