Suvadin, Home

शेयर बजार दोहोरो अंकले ओरालो लागेर बन्द

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ०७ बिन्दुले ओरालो लागेर २ सय ९८ दशमलव ०४ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार कूल १ सय ७० कम्पनीको ३१ लाख १४ हजार ६ सय १८ कित्ता शेयर रु १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ मूल्यमा कारोवार भएको हो। स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो। 
सांकेतिक तस्वीर

काठमाडौं, १० वैशाख – शेयर बजार साेमबार दोहोरो अंकले ओरालो लागेको छ। आइतबार ५० अंकले बढेको बजार सोमबार २७ दशमलव ६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक १ हजार ४ सय १० बिन्दुमा पुगेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ०७ बिन्दुले ओरालो लागेर २ सय ९८ दशमलव ०४ बिन्दुमा झरेको छ। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार कूल १ सय ७० कम्पनीको ३१ लाख १४ हजार ६ सय १८ कित्ता शेयर रु १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ मूल्यमा कारोवार भएको हो। स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो। 

सोमबार बैंकिङ २५ दशमलव १६, व्यापार ५ दशमलव ९९, होटल ७८ दशमलव ७८, विकास बैंक ३१ दशमदव ५४, जलविद्युत् ५४ दशमदव ७३, फाइनान्स ९ दशमदव ५९, बीमा ८८ दशमदव ४४, उत्पादन २९ दशमदव ०८, अन्य १६ दशमदव ७७ र माइक्रोफाइनान्स समूह ३० दशमदव ७८ बिन्दुले ओरालो लागेको छ।


 

More form the Internet

loading...