Suvadin, Home

शेयरबजार परिसूचक नेप्से करिब ११ अंकले वृद्धि

आइतबार २२ करोड ३७ लाख रुपैयाँ बराबरका ७ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन्।

काठमाडौं, २३ मंसिर – शेयरबजार परिसूचक नेप्से आइतबार करिब ११ अंकले वृद्धि भएको छ।

कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेप्से १० दशमलव ८५ अंकले बढेर ११ सय ३१ दशमलव ७० अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।

आइतबार २२ करोड ३७ लाख रुपैयाँ बराबरका ७ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन्। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ बिन्दुले बढेर २४१ दशमलव ०२ बिन्दुमा पुगेको छ। 

कारोवार भएका उपसमूहमध्ये वित्त र उत्पादन उपसमूहको शेयर घटेको छ। वित्त शून्य दशमलव २४ र उत्पादन १० दशमलव ०३ बिन्दुले घटेको हो। 

यस्तै बैंकिङ १३ दशमलव ५१, व्यापार दुई दशमलव २, होटल आठ दशमलव ९५, विकास बैंक १२ दशमलव ०९, जलविद्युत् ११ दशमलव १, निर्जीवन बीमा ३९ दशमलव ८९, अन्य ४ दशमलव १२, माइक्रोफाइनान्स ४ दशमलव ९६ र जीवन बीमा ६ दशमलव ६४ बिन्दुले बढेको छ। 


 

More form the Internet

loading...