Suvadin, Home

महिनाको मध्यान्तरमा देखिएको शेयर बजारको चमक अन्त्यमा समाप्त

बजारमा देखिने स-साना घटनाले पनि शेयर बजारमा प्रत्यक्ष असर पार्ने गरेको छ। जसले ह्वात्तै बजार बढ्ने र घट्ने गरेको पाइन्छ। बजारको यस्तो प्रवृतिले आम लगानीकर्ता भन्दा कारोबारीलाई मात्र फाइदा पुग्ने गरेको छ। लगानीकर्ताका संघहरूले बैंकर्स संघका पदाधिकारीसँग भेटघाटपछि बजारले लय समातेकाे थियाे।

काठमाडाैं, २५ भदाै – निरन्तर अोरालो लागेर अाजित भएका शेयर लगानीकर्ता मध्य भदौमा बजारमा देखिएको चमकबाट खुसी भएका थिए। तर, महिनाको समाप्ती नजिकिँदा फेरी चमब हराउन थालेको छ। आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि निरन्तरता पाएको छ भने दैनिक ८० करोड कारोबार पुगेको बजारमा यसबीचमा ३० करोडभन्दा तल झरेको छ।

यस बीचमा ६१.८३ अंकले बढेको नेप्से पछिल्लो तीन कारोबार दिनमा २३.२५ अंकले घटेको छ। कारोबार रकम पनि घट्न थालेको छ। अल्पकालीन कारोबारी हाबी हुँदा बजार वृद्धिले स्थायीत्व प्राप्त गर्न सकेको छैन।

बजारमा देखिने स-साना घटनाले पनि शेयर बजारमा प्रत्यक्ष असर पार्ने गरेको छ। जसले ह्वात्तै बजार बढ्ने र घट्ने गरेको पाइन्छ। बजारको यस्तो प्रवृतिले आम लगानीकर्ता भन्दा कारोबारीलाई मात्र फाइदा पुग्ने गरेको छ। लगानीकर्ताका संघहरूले बैंकर्स संघका पदाधिकारीसँग भेटघाटपछि बजारले लय समातेकाे थियाे।

सरकारी तवरबाट हकप्रद र बोनस सेयरमा लगाइने पूँजीगत लाभकरको विषय केही दिनमै टुङ्गिने भनिएपनि निष्कर्षमा पुग्न सकेको छैन। भदौ सकिन लाग्दा समेत यो वर्ष वाणिज्य बैंकहरुको लाभांश घोषणा गरेका छैनन्। यसले पनि बजारमा थप रौनकता आउन सकेको छैन। गत बषहर्रुमा वाणिज्य बैंकहरुले बोनस घोषणा गरिसकेका हुन्थे।

राष्ट्र बैंकले तोकको चुक्ता पूँजी अधिकांश बैंकहरुले पुर्याइसकेकाले लगानीकर्तामा धेरै बैंकले नगदमा जोड दिन्छन् भन्ने मनोविज्ञान हाबी भएको छ। बजार स्थायी हुने संकेत पाउन नसक्दा लगानीकर्तामा अझै मनोबिज्ञान दह्रो बन्न सकेको छैन।

सोमबार १६२ कम्पनीका ११ लाख ५९ हजार २७२ कित्ता सेयर २७ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सूचक ८.१० अंकले घटेर १२१०.८८ अंकमा खुम्चिएको छ। आइतबारको तुलनामा कारोबार रकम समेत पाँच करोड बढीले घटेको छ।

कारोबार आएका दश उप समूहमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै घटेका छन्। जसमध्ये सबैभन्दा धेरै निर्जीवन बीमा समुह ५८.५९ अंकले घटेको छ। होटल समुह ४५.९० र जीवन बीमाको सूचक २०.१८ अंकले ओरालो लाग्यो। उत्पादन तथा प्रशोधन २४.९८ र लघुवित्तको सूचक १३.३१ अंकले सुधारिएको छ।

सोमबार हाथवे फाइनान्स संस्थापक शेयर सबैभन्दा धेरै दुई करोड ९८ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। ग्लोबल आइएमई बैंकको दुई करोड सात लाख, एनआईसी एशियाको एक करोड ४५ लाख तथा कुमारी बैंकको एक करोड शेयर कारोबार भए।

एनएमबि, प्राइम, प्रभु, नबिल बैंक तथा सिर्जना फाइनान्सको संस्थापक तथा नेपाल लाइफ शिर्ष १० कारोबार गर्ने कम्पनीमा समेटिएका छन्। साेमबार लघुवित्त कम्पनीहरूको शेयरमूल्य उचालिएको छ। सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९.६३ प्रतिशत बढेको छ भने आराम्भ ८.०८, मेरो ७.८७, फरवार्ड ५.७०, र स्वदेशी लघुवित्तको शेयरधनीले पनि ३.९९ प्रतिशतले नाफा बुक गर्न पाए।

उता ग्रीन डेभलभमेन्ट बैंकका शेयरमूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घटेको छ। बैंकको चार सय प्रतिशत सूचीकृत भएपश्चात सेयर आपूर्ति बढ्दा मुल्यमा चाप परेको हो। सिर्जना फाइनान्स ६.१४, सिद्धार्थ इन्स्योरेन्स ५.०२, सप्तकोशी, सहयोगी र ज्योती विकास बैंकको सेयरधनीले पनि ४ प्रतिशत बढीले गुमाएका छन्।


 

More form the Internet

loading...