Suvadin, Home

Cover Image

शेयर बजारमा अाज समान्य सुधार

बजार हरियो देखिए पनि कारोबार रकममा भने सुधार हुन सकेन। सोमबार १५९ कम्पनीको किनबेच हुँदा ३६ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। सोमबार हाइड्रोपावरको सूचक घटेपनि अन्य सूचक बढेका छन्। 

काठमाडौं, २२ असोज – साताको दोस्रो दिन शेयर बजारमा ५ अंकको सुधारसँगै हरियो भएको छ। असोज १० गतेदेखि लगातार घटिरहेको बजार १६ गते ३ अंकले ब्रेक लगेको थियो। त्यसपछिका तीन कारोबार दिनमा ६३.३८ अंकले ओरालो लागेको शेयर बजारमा अाज सुधार देखिएको हो। कारोबार शुरु भएको ३० मिनेटसम्म थोरै घटेको शेयर बजार त्यस पछि सामान्य सुधार हुँदै अन्तिममा ०.६६ प्रतिशतले बढेको हो।

पछिल्ला दिनमा लगानीकर्ताले बजार अझै घट्न सक्ने अनुमान गर्दै केहि दिन अगाडि नै पैसा जोहो गर्न खोज्दा बजार घटिरहेको थियो। अधिकांश लगानीकर्ताले बजार घट्ने सक्ने अनुमान गर्दै सकेसम्म माथिल्लो मूल्यमै शेयर बेचेर रकम जम्मा गर्न खोजेका हुन्।

बजार हरियो देखिए पनि कारोबार रकममा भने सुधार हुन सकेन। सोमबार १५९ कम्पनीको किनबेच हुँदा ३६ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। सोमबार हाइड्रोपावरको सूचक घटेपनि अन्य सूचक बढेका छन्। 

माछापुच्छ्रे बैंकको अधिकतम ९ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको बजार बढ्दा सर्किट ब्रेक लागेको छ। विगत एक महिनाको अवधिमा नाडेप लघुवित्तको बजार ७०२ रुपैयाँबाट बढेर १७९० रुपैयाँ पुगेको छ। मञ्जुश्री फाइनान्सका शेयरधनीले सबै भन्दा धेरै ३ प्रतिशतले गुमाएका छन्।


 

More form the Internet

loading...