Suvadin, Home

सोमबार झिनो अंकले ब्रेक लागेको शेयर बजारमा अाज सामान्य सुधार

शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ। सामान्य बिन्दुले बढेको बजारमा कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ। कूल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शेयर रू ४५ करोड ८६ लाख ९५ हजार ९१७ मूल्यमा खरीद बिक्री भएको छ।

काठमाडौं, २ असोज – धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ। लगातार चार दिनमा ४५.६४ अंकले बढेको बजार सोमबार झिनो अंकले ब्रेक लागेको भए पनि मंगलबार भने तिब्र उतार चढावका बीचमा २.२४ अंकले सुधार देखिएको हो। 

शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ।

सामान्य बिन्दुले बढेको बजारमा कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ। कूल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शेयर रू ४५ करोड ८६ लाख ९५ हजार ९१७ मूल्यमा खरीद बिक्री भएको छ।

बैङ्किङ २ दशमलब १३, होटल २५ दशमलब ९३ र फाइनान्स उपसमूहको १ दशमलब ८५ बिन्दुले घट्दा विकास बैंक १ दशमलब ७१, जलविद्युत् ४२ दशमलब १२, निर्जीवन बीमा ४२ दशमलब १२, उत्पादन ८ दशमलब १२, अन्य २ दशमलब ४२, माइक्रो फाइनान्स ९ दशमलब ४५ र जीवन बीमा १९ दशमलब ६१ बिन्दुले बढेको छ।

आइतबार ११.६९ अंकले बजार सुधार हुँदा चालु आर्थिक बर्ष भरिकै अधिकतम ९१ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार बजार रातो हुँदा कारोबार रकम पनि ६८ करोड ७६ लाख रुपैयाँमा खुम्चिएकोमा आज पनि अधिकांस समय रातो देखिँदा कारोबार रकम ४५ करोड ८६ लाख रुपैयाँमा सिमित भएको हो। 

चार कार्य दिनमा बैंक तथा वित्तीय संस्थाले बजार बढाएकोमा पछिल्ला दुर्इ दिनमा भने बीमा कम्पनी र माइक्रोफाइनान्सको बजार बढाएको छ। मंगलबार बाणिज्य बैंक, होटल र फाइनान्सको सूचक ओरालो लागेको छ भने विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रसोधन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा कम्पनीको सूचक बढेको छ। व्यापारको सूचक भने स्थिर देखिएको छ। 

नेको इन्स्योरेन्सको सबै भन्दा धेरै तीन करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। अरुण कावेली पावर र भार्गव विकास बैंकको बढेर सर्किट लागेको छ। हाथवे फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ४.८३ प्रतिशतले गुमाएका छन्।


 

More form the Internet

loading...