Suvadin, Home
Nepal life 1.831M
कारोबारमा आएका दश उप सूचकमध्ये अन्य समूहको सूचक मात्र ११.६९ अंकले वृद्धि भएको छ भने बाँकी ९ वटै उप समूहको सूचक ऋणत्मक बने। यस दिन निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३७.६४ अंकले घटेको छ। होटल २१.४३, जीवन बीमा १८.६३, हाइड्रोपावर १२.८२, उत्पादन तथा प्रशोधनको सूचकमा ११.८३ अंकले गिरावट आएको छ।

काठमाडाैं, २३ असोज – लगानीकर्तालाई दशैं लागेपछि मंगलबार कारोबारको एक घण्टा १० मिनेटसम्म उकालो लागेको बजार त्यसपछि विस्तारै सुस्त बन्दा अन्तत २.५९ अंकले सामान्य गिरावटमा टुङ्गिएको छ। अाज बिहान १२२० बिन्दुमा खुलेको नेप्से परिसूचक एक घण्टा दश मिनेटमा १२२६.९९ अंकसम्म उक्लेको थियो।

साना तथा मझौला काराेबारी दशैं खर्चतर्फ लागेपछि खरिदभन्दा बिक्रीचाप बढ्यो र बजार परिसूचक १२१७.९३ अंकमा बन्द भएको हाे। अाज १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर ३४ करोड ३२ लाख रुपैयाँमा खरिद बिक्री भएका छन्। सोमबारको तुलनामा मंगलबार कारोबार रकम दुई करोड ८४ लाखले घटेको हो। सोमबार ३७ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो। 

कारोबारमा आएका दश उप सूचकमध्ये अन्य समूहको सूचक मात्र ११.६९ अंकले वृद्धि भएको छ भने बाँकी ९ वटै उप समूहको सूचक ऋणत्मक बने। यस दिन निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३७.६४ अंकले घटेको छ। होटल २१.४३, जीवन बीमा १८.६३, हाइड्रोपावर १२.८२, उत्पादन तथा प्रशोधनको सूचकमा ११.८३ अंकले गिरावट आएको छ।

लघुवित्त समूहको इन्डेक्स् ७.६२, बैंकिङ्ग ३.८९, डेभलपमेन्ट बैंक १.३८ र वित्त समूहको सूचक १.१ अंकले नकारात्मक बनेका छन्। यसदिन उच्च कारोबार हुने कम्पनीको पहिलो स्थानमा नाडेप लघुवित्त रहेको छ। नाडेपको शेयरमूल्य प्रतिकित्ता ५२ रुपैयाँ बढेर १५४२ पुगेको छ भने सबैभन्दा धेरै तीन करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ।

त्यसैगरि चिलिमे हाइड्रोपावर कम्पनी, एनआईसी एशिया, सानिमा माइ हाइड्रोपावर, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, कुमारी, प्रभु, नेपाल बैंक र एनसीसी बैंक उच्च कारोबार गर्ने दश कम्पनीमा परेका छन्। एनसीसी बाहेक सबैको कारोबार एक करोड नाघेको छ। माछापुच्छ्रे बैंकको शेयर सबैभन्दा बढी ६३ हजार ९२७ कित्ता शेयर खरिद बिक्री भएको छ।

आजको कारोबारमा नेपाल सेवा लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन्। लघुवित्तको शेयरमूल्य ६.८१ प्रतिशतले बढोत्तरी भएर प्रतिकित्ता ५३३ रुपैयाँमा कारोबार भएको छ। ग्लोबल आईएमई लघुवित्त ६ तथा पोखरा फाइनान्स र एनआईबिएल प्रगति फण्डको इकाईको मूल्य ४ प्रतिशत बढीले बढेको छ।

यस दिन नेपाल इन्स्योरेन्सका शेयरमूल्य सबैभन्दा धेरै अवमूल्यन भएको छ। कम्पनीको शेयर ४.१८ प्रतिशतले गिरावट आएर प्रतिकित्ता ५२७ रुपैयाँमा झरेको छ। महिला सहयात्रा माइक्रोफाइनान्सको शेयरधनीले पनि ४ प्रतिशतले गुमाएका छन्। प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ३.७ प्रतिशतले ओरालो लागेको छ।


 

More form the Internet

loading...