Suvadin, Home

वित्तीय विवरणले लगानीकर्ता तानिए, शेयर बजारमा उल्लेखनीय सुधार

साताको अन्तिम दिन कारोबार शुरु भएदेखिनै बढ्न थालेको बजार तिव्र उतारचढावकाबीच झिनो अंकले बढेर बन्द भएको हो। निरन्तरको गिरावटका कारण आजित बनेका लगानीकर्ता बजार तल्लो विन्दुमा आएको बेला कम्पनीहरुको अवस्थामा सोमबारदेखि आएको सुधारलाई हेरेर उत्साहित बनेका छन्। कारोबार शुरु भएको १० मिनेटमा ८ अंकभन्दा धेरैको सुधार देखिएको बजार ४१ मिनेटसम्ममा ६ अंकले ओरालो झर्यो। त्यसपछि पुनः सुधार हुने क्रममा बजार ७ अंकसम्म बढ्यो। अन्तिम समयमा एक अंकभन्दा कमको वृद्धि समेटेर बजार बन्द भएको छ। गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख्य सुधार गरेका नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एनएमबी बैंकको कारोबार रकम बढेको छ। आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८९ लाख रुपैयाँको भएको छ। 

काठमाडौं, ३१ साउन – नेप्सेमा सूचीकृत अधिकांस कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण निकाल्दै गर्दा त्यसको सोझो असर शेयर बजारमा देखिएको छ। साताको अन्तिम दिन कारोबार शुरु भएदेखिनै बढ्न थालेको बजार तिव्र उतारचढावकाबीच झिनो अंकले बढेर बन्द भएको हो।
 
निरन्तरको गिरावटका कारण आजित बनेका लगानीकर्ता बजार तल्लो विन्दुमा आएको बेला कम्पनीहरुको अवस्थामा सोमबारदेखि आएको सुधारलाई हेरेर उत्साहित बनेका छन्।

कारोबार शुरु भएको १० मिनेटमा ८ अंकभन्दा धेरैको सुधार देखिएको बजार ४१ मिनेटसम्ममा ६ अंकले ओरालो झर्यो। त्यसपछि पुनः सुधार हुने क्रममा बजार ७ अंकसम्म बढ्यो। अन्तिम समयमा एक अंकभन्दा कमको वृद्धि समेटेर बजार बन्द भएको छ। 
 
गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख्य सुधार गरेका नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एनएमबी बैंकको कारोबार रकम बढेको छ। आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८९ लाख रुपैयाँको भएको छ। 
 
आज वित्तीय विवरण सार्वजनिक गरेको बोटलर्स नेपालको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ। कम्पनीले ४३ प्रतिशतले नाफा बढेको छ। साथै कम्पनीको प्रतिशेयर आम्दानी ४८४ रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको शेयरमा आकर्षण बढेको छ। 
 
ललितपुर फाइनान्सका शेयरधनीले ९.५८ प्रतिशतले गुमाउँदा कारोबारमै सर्किट लागेको छ। बैंकिङ र उत्पादन तथा प्रसोधनको उपसूचक बढेको भए पनि बाँकी उपसूचक घटेका छन्।  
बजारमा तिव्र उतार चढावसँगै कारोबार रकममा भने विगतको दिनमा भन्दा सुधार देखिएको छ। गएका दिनमा २० करोड रुपैयाँकै हाराहारीमा कारोबार हुने बजारमा बिहीबार भने ४५ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। 
 
बैंक वित्तीय संस्था तथा अन्य कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेक क्रममा गएका ४ दिनदेखि बजार बढिरहेको छ। वाणिज्य बैंकहरुले गत वर्ष अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले नाफा बढाएका छन् भने बीमा कम्पनीहरुले ६१ प्रतिशतले नाफा बढाएका छन्। नाफासँगै कम्पनीहरुले चालु आर्थिक वर्षमा बाड्ने लाभांस पनि राम्रो हुने भए पछि बजारमा उत्साह थपिएको हो। 


 

More form the Internet

loading...