Suvadin, Home

शेयर बजार झिनो अंकले उकालो लाग्यो

लगातार ओरालो लागेको धितोपत्र बजार मंगलवार भने झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मंगलवार ०.७४ बिन्दुले उकालो लागेको हो।
नेपाल स्टक एक्सचेन्ज।

काठमाडौं, असोज  २४ – लगातार ओरालो लागेको धितोपत्र बजार मंगलवार भने झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मंगलवार ०.७४ बिन्दुले उकालो लागेको हो।

झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ। ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ। मंगलबार कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर  ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ।

विकास बैंक समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह ८.६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०.३, व्यापार ३.३८, होटल ६.२१, बीमा ८.९९ र उत्पादन समूहका शेयर ११.६४ बिन्दुले ओरालो लागेको छ। लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ। रासस


 

More form the Internet

loading...