Suvadin, Home

सेफ्स एशोसिएसन नेपालका महासचिवकाे लक्ष्य
श्रीराम अधिकारीः हस्पिटालिटी एण्ड किचन सोलुसनमा क्रान्तिकारी छलाङ

सेफ्स एशोसिएसन नेपालका महासचिव श्रीराम अधिकारीले संस्थालाई नेपाली सेफहरुको सुरक्षा, व्यावसायिक दक्षता अभिबृद्धि तथा अन्य विविध योजना बनाएका छन्। सेफ एशोसिएसनलाई स्थापित गर्ने योजनामा रहेका अधिकारीले यसका लागि बृहत कार्यक्रम बनाउने जनाएका छन्। सेफ एशोसिएसनको एकाडेमी स्थापनाको लक्ष्य राखेका अधिकारीले नेपालभरिका सेफलाई एकताबद्ध गर्ने कार्य प्रारम्भ गरिसकेका छन्।
सेफ्स एशोसिएसन नेपालका महासचिव श्रीराम अधिकारी।

काठमाडौं, असोज ६ – ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैं मानिसलाई सफलताको शिखरमा पुग्नका लागि स–साना मेहनत नै पर्याप्त हुन्छन्। दृढ संकल्प र आत्मविश्वासले नै सफलता हात लाग्न सक्छ।

समाजलाई नवीनतम् धारबाट अघि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने अठोट चाहिन्छ। र, समाज परिवर्तनको शुरुवात पनि त्यहीबाटै हुने गर्दछ।

विश्वका अलग–अलग परिवेश बुझेर नेपाल फर्किएका सेफ्स एशोसिएसन नेपालका महासचिव श्रीराम अधिकारी पनि समाजलाई आर्थिक रुपमा सशक्त र समृद्ध बनाउनका लागि जोडदार प्रयास गरिरहेका छन्।

‘सम्भावनायुक्त हाम्रो मुलुकको अनुपम प्राकृतिक सम्पदालाई विश्वमा परिचित गराउनका लागि मेरो प्रयास रहने छ,’ अधिकारीले भने। नेपाली मौलिक खाना र स्वादलाई विभिन्न मुलुकका नागरिकसम्म पुर्याउन सके आर्थिक रुपमा मुलुक सशक्त बन्न धेरै समय नलाग्ने उनको धारणा छ।

‘मिनभवन क्याम्पसबाट कमर्स विषयमा प्रविणता प्रमाणपत्र तहको पढाई पूरा गरेँ, त्यसपछि व्यावसायिक कोर्सले मलाई आकर्षित गर्यो।’

नुवाकोटबाट काठमाडौं 

नुवाकोट जिल्लाको थानसिङ्ग–९ मा वि.सं. २०३३ वैशाख ९ गतेका दिन श्रीराम अधिकारीको जन्म भएको हो। आमा सीतादेवी अधिकारी र बुवा टोपप्रसाद अधिकारीका ३ छोरा र २ छोरीमध्ये श्रीराम कान्छा हुन्। 

श्रीरामले प्रारम्भिक शिक्षा नुवाकोटबाटै पूरा गरेका हुन्। महेन्द्र माविबाट प्रवेशिका परीक्षा एसएलसी पास गरेपछि उनी काठमाडौं आए। ‘मिनभवन क्याम्पसबाट कमर्स विषयमा प्रविणता प्रमाणपत्र तहको पढाई पूरा गरेँ,’ अधिकारीले भने, ‘त्यसपछि व्यावसायिक कोर्सले मलाई आकर्षित गर्यो।’

व्यावसायिक जीवन

सन् १९९६ मा होटल म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा एक वर्षे तालिम लिएपछि श्रीराम अधिकारीले व्यावसायिक जीवन शुरु गरे। अम्बर होटल एण्ड रेष्टुरेन्टमा तन्दुरी कुक भएर व्यावसायिक यात्रा प्रारम्भ गरेका अधिकारीले त्यहाँ २ वर्ष काम गरे।

त्यसपछि होटल माउन्टेनमा एशोसिएट कुकको जिम्मेवारी पाएका अधिकारीले ३ वर्षको अनुभव हासिल गरे। एक्जुकेटिभ सेफको भूमिका पाएर होटल मनाङ गएका अधिकारी सन् २००३ मा पोखरास्थित होटल सांग्रिलामा एक्जुकेटिभ सुसेफको जिम्मेवारीमा गए। एक वर्षपछि पुनः काठमाडौंस्थित होटल सांग्रिलामै फर्किए। 

‘त्यहाँ १० वर्ष काम गरेपछि अब चाहिँ आफ्नै मुलुककै हितमा काम गर्नुपर्छ भन्ने अठोटसाथ म नेपाल फर्किएको हुँ।’

काबुलमा १० वर्ष

काठमाडौंमा २००५ सम्म काम गरेपछि अधिकारी अफगानिस्तानतर्फ लागे। उनी आर्थिकोपार्जनको सपना बोकेर सन् २००६ को जनवरी ३ तारिखका अफगानिस्तानको राजधानी काबुल पुगे।

‘बेलायती सेनाको शिविरमा मास्टर सेफको जिम्मेवारीमा अफगानिस्तान गएको हुँ,’ अधिकारीले शुभदिनसँग भने, ‘त्यहाँ १० वर्ष काम गरेपछि अब चाहिँ आफ्नै मुलुककै हितमा काम गर्नुपर्छ भन्ने अठोटसाथ म नेपाल फर्किएको हुँ।’

२० हजार बेलायती सेनाको शिविरभित्र बस्ने अधिकारीलाई कुनै कुराको कमी थिएन। मासिक ८ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका अधिकारीले अबको समय नेपाल राष्ट्रकै लागि योगदान दिने संकल्प गरेर स्वदेश फर्किएका जनाएका छन्। 

काबुलमा बस्दा अधिकारीले धेरै तितामिठा अनुभव संगालेका छन्। अफगानिस्तान पुगेको ३ साता नबित्दै उनले शक्तिशाली बम बिष्फोटन र भिडन्तका दृश्यहरु देखे।

‘सन् २००६ को जनवरी १८ तारिख, मध्यरातमा गोली चलेको, रकेट लञ्चरहरु प्रहार गरेको तथा भिडन्तका दृश्यहरु देखिन्थ्याे,’ अधिकारीले विगत सम्झिए, ‘त्रासदिपूर्ण वातावरण थियो।’ 

नेपाल फर्किएपछि श्रीराम अधिकारीले धेरै काम गरेका छन्। उनले ‘हस्पिटालिटी एण्ड किचन सोलुसन’ सञ्चालनमा ल्याएका छन्।

काबुलबाट नेपाल आएपछि

नेपाल फर्किएपछि श्रीराम अधिकारीले धेरै काम गरेका छन्। उनले ‘हस्पिटालिटी एण्ड किचन सोलुसन’ सञ्चालनमा ल्याएका छन्।

फ्रान्समा एक महिनाको खाद्य सुरक्षासम्बन्धी तालिम लिएका अधिकारीले युवाहरुलाई नेपालमै उद्यमशील बनाउने अभियान शुरु गरेका छन्। 

सेफ्स एशोसिएसनमा योगदान

सेफ्स एशोसिएसन नेपालका महासचिव श्रीराम अधिकारीले संस्थालाई नेपाली सेफहरुको सुरक्षा, व्यावसायिक दक्षता अभिबृद्धि तथा अन्य विविध योजना बनाएका छन्।

अधिकारीले सेफहरुको वेलफेयर र व्यक्तित्व विकासका लागि तालिम तथा प्रशिक्षणको आयोजना गर्ने योजना बनाएका छन्। सेफ एशोसिएसनको नेतृत्व गर्दै विश्वव्यापी रुपमा विस्तार गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने उनको योजना छ।

सेफ एशोसिएसनलाई स्थापित गर्ने योजनामा रहेका अधिकारीले यसका लागि बृहत कार्यक्रम बनाउने जनाएका छन्। सेफ एशोसिएसनको एकाडेमी स्थापनाको लक्ष्य राखेका अधिकारीले नेपालभरिका सेफलाई एकताबद्ध गर्ने कार्य प्रारम्भ गरिसकेका छन्।


 

More form the Internet

loading...