Suvadin, Home

सिम्रिक एयरलाइन्सलाई उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ। नागरिक उड्डयनको नियमक प्राधिकरणले एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरिदिएको हो।

एयरलाइन्सले प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा जहाजमा प्रयोग गरेको भन्दै सबै जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको हो।

बिचक्राफ्ट १९०० जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरेको र यसले गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले भदौ ३ गतेदेखि उडानमा रोक लगाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेको एयरलाइन्सका सबे उडान स्थगित भएका छन्। एयरलाइन्सले यसअघि पनि स्वीकृत नगरिएका पार्टस प्रयोग गरेको थियो। एक वर्ष अघि प्राधिकरणले एयरलाइन्सलाई सामन्य चेतावनीसहित जरिबाना गरेको थियो।
 


 

More form the Internet

loading...