Suvadin, Home

धितोपत्र बजारमा ६ कम्पनीका ९७ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

धितोपत्र बजारमा यस साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो। स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ। आर्थिक वर्ष २०७४–७५ को नाफाको आधारमा उक्त बैंकले शेयरधनीलाई लाभान्स शेयर दिइसकेको छ।

काठमाडौं, १० कात्तिक – धितोपत्र बजारमा यस साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो।
 
स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ। आर्थिक वर्ष २०७४–७५ को नाफाको आधारमा उक्त बैंकले शेयरधनीलाई लाभान्स शेयर दिइसकेको छ।

प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको आठ हजार ४४० कित्ता हकप्रद शेयर यसै साता सूचीकृत भएको हो। यस्तै अर्को इन्स्योरेन्स कम्पनी सूर्या लाइफको पनि १२ लाख १२ हजार ७५० कित्ता लाभान्स शेयर सूचीकृत भएको छ।

पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै दुई लाख ५० हजार कित्ता लाभान्स शेयर सूचीकृत भएका छन्। यही कात्तिक ४ गते एक हजार २४६ दशमलव ५२ बिन्दुमा रहेको कारोबार मापक नेप्से परिसूचक कारोवारको अन्तिम दिन कात्तिक ८ गते एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको छ।

यस्तै साताको पहिलो दिन क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २६५ दशमलव २८ बिन्दुमा रहेकामा अन्तिम दिन घटेर २६४ दशमलव शून्य एक बिन्दुमा पुगेको छ।


 

More form the Internet

loading...