आजबाट सेयर बजार खुल्ने

काठमाडौं । कोरोना भाइरसको जोखिमसँगै जारी लकडाउनले बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत १० चैतबाट सेयर बजार बन्द भएको थियो । ५० दिनको अन्तरालपछि बजार खुल्न लागेको हो ।
सरकारले लकडाउन खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्थामार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर बजार सुचारु हुन लागेको हो ।