Suvadin, Home

सनराइज बैंकले ल्यायो बचतकर्तालाई डबल बीमा सुविधा

यस योजना अन्तर्गत स्वास्थ्य बीमा सुविधा र दुर्घटना बीमा सुविधा रहेको छ। स्वास्थ्य बीमा सुविधाअन्तर्गत यस बैंकका बचतकर्ताहरुले बैंकबाट स्वीकृत अस्पतालहरुमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु १ लाखमा नबढ्नेगरी आफ्नोे बचतखातामा रहने वार्षिक औषत मौज्दातको २५ % वा विल रकममध्ये जुन न्यून हुन्छ सो रकम दाबी गर्न पाउनेछन्।

काठमाडौं, १७ फागुन - सनराइज बैंकले आफ्ना बचतकर्ताहरुका लागि डबल बीमा सुविधाको योजना ल्याएको छ।

यस योजना अन्तर्गत स्वास्थ्य बीमा सुविधा र दुर्घटना बीमा सुविधा रहेको छ। स्वास्थ्य बीमा सुविधाअन्तर्गत यस बैंकका बचतकर्ताहरुले बैंकबाट स्वीकृत अस्पतालहरुमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु १ लाखमा नबढ्नेगरी आफ्नोे बचतखातामा रहने वार्षिक औषत मौज्दातको २५ % वा विल रकममध्ये जुन न्यून हुन्छ सो रकम दाबी गर्न पाउनेछन्।

साथै बचतकर्ताले २५ % सम्मको स्वास्थ्य बीमा र ६ % ब्याज गरी बचत खातामा ३१ % सम्मको फाइदा लिन सक्नेछन्।

त्यस्तै दुर्घटना बीमा सुविधाअन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँभन्दा नबढ्नेगरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ। 

स्वास्थ्य उपचार बीमाको सुविधा प्राप्त गर्न ग्राह्यता :
– विद्यमान एवं नयाँ खाता खोल्ने सबै बचतखाताका बचतकर्ताहरु यस सुविधाको निमित्त ग्राह्य हुनेछन्।
– बचतकर्ता स्वयंलाई मात्रै यो सुविधा प्राप्त हुनेछ।
– यो स्वास्थ्य बीमा सुविधा वर्षको एकपटक मात्रै प्राप्त हुनेछ। यस स्वास्थ्य उपचार सुविधाको निम्ती योग्य हुनको लागि पछिल्लो पटक सुविधा पाएको मितिले ३६५ दिन पूरा भएको हुनुपर्नेछ। 
– बैंकले तोकेको अस्पतालहरुमा उपचार गराएको अवस्थामा मात्र यो सुविधा प्राप्त गर्न सकिनेछ।
– अस्पतालमा भर्ना भई कम्तिमा १ रात अस्पतालमा बसेको हुनुपर्नेछ।
– बैंकले तोकेका विभिन्न १५० किसिमका शल्यक्रिया तथा उपचारहरु अस्पतालमा भर्ना नहुँदा पनि त्यस्तो बिरामीले समेत यो सुविधा उपभोग गर्न पाउनेछ। सोको लागि १ रात अस्पतालमा बस्न जरुरी नहुने।
– अस्पतालबाट डिस्चार्ज भएको १५ दिनभित्र बैंकले तोकेको फारम भरी स्वास्थ्य उपचारको कागजात संलग्न गरी पेश गर्नुपर्नेछ।

नेपालभन्दा बाहिर गरिने उपचार तथा विदेशयात्राको क्रममा आउने उपचार खर्च, युद्ध, आक्रमण, गृहयुद्ध, हुलदंगा, सैनिक विद्रोह आदि जस्ता कारणबाट हुने उपचार खर्चलगायत बैंकले तोकेका केही निश्चित रोगहरुको शल्यक्रिया/उपचारको हकमा यो सुविधा लागू नहुने बैंकले स्पष्ट पारेको छ।
 


 

More form the Internet

loading...