Suvadin, Home
Nepal life 2.75M

वैकल्पिक व्यवसायः ब्यूटीपार्लरबाटै लाखाैंकाे अाम्दानी

लगानी र शीपको क्षेत्र भएपनि यसबाट राम्रो उपलब्धि पाउन सकिने पार्लर व्यवसायहरु बताउँछन्। विगत १५ वर्षदेखि पार्लर व्यवसाय तथा पार्लर तालिम प्रशिक्षकको पेशा समाल्दै आएकी मिथिलाको पार्लरमा राम्रो आम्दानी हुने र भविष्य पनि बताएकी छिन्। थोरै लगानीबाट पनि धेरै फाइदा लिन सकिने र आफ्नो खुट्टामा उभिन महिलाहरुलाई धेरै सजिलो पेसा ब्यूटीपार्लर हो।

निता सत्याल, काठमाडौं, फागुन – २८ – आजभोलि नेपाली समाजमा स्नातक उतीर्ण गरेर पनि बेरोजगार रहेका युवा धेरै छन्। रोजगारका लागि वैदेशिक यात्रा अपनाउनु पर्ने बाध्यता विद्यमान छन्।

धेरै महिलाहरु बीचमै पढाई छोडेर पैसा कमाउने उद्देश्यले विदेशिएका छन्। कति महिला दिदीबहिनी वैदेशिक रोजगारका नाममा बेचिएका छन्। तर नेपालमै पनि धेरै महिला दिदीबहिनीहरुले आत्मनिर्भर बन्ने बाटो पनि पहिल्याइरहेका छन्। सहज रुपमा आयआर्जन गरिरहेका छन्। पछिल्लो समय ब्यूटीपार्लरबाट प्रशस्त आम्दानी गर्न थालिएको छ।

दिनदिनैको व्यस्त जीवनयापन तथा काठमाडौंको कोलाहल वातावरणका वीचमा अधिंकाश महिलालाई घर साथै जागिर धान्न गाह्रो छ। जागिर नखाएर आफैँ आत्मनिर्भर बन्नु पर्छ भन्ने सोचको विकास भइरहेको छ।

पुरुषप्रधान समाजमा पुुरुषलाई पछ्याउँदै उनीहरुलाई जितेर महिलाहरु आफू घर बाहिर जागिर खान तत्पर हुने गर्छन् महिला। तर पुरुषसरह बाहिर काम गरेर आउँदा पनि घरमा महिलाहरु आफ्नो दैनिक घरधन्दा भने आफ्नै कर्तव्य सम्झन्छन्।

यसरी बाहिरको जागिर खाँदै घर समाल्ने क्रममा कति तनाव झेल्नुपर्ने महिलाहरुको गुनासो त छँदै छ। घरमा ढिला हुँदा गाली खाने डर, अफिसमा ढिला हुँदा गाली खाने डर, घरको काम, बच्चाको हेरचाह अझै परिवारसँग बस्दा आफ्नो सासुससुराको चित्त बुझाएर बाहिरी काममा लाग्न महिलालाई धेरै गाह्रो हुने गर्दछ।

यस क्रममा महिलाले आफ्नै पेशा व्यवसाय गर्ने सहज हुने र ब्यूटीपार्लर महिला व्यवसायमूखी रहेको ब्यूटीपार्लर प्रशिक्षक मिथिला थापा बताउँछिन्। महिला सौन्दर्य र महिलाको आवश्यकता अनुसारको महिलामैत्री व्यवसाय पार्लर हुनसक्ने आजभोलि काठमाडौंका गल्लीगल्लीमा रहेको पार्लरले प्रष्ट देखाउँछ।

लगानी र शीपको क्षेत्र भएपनि यसबाट राम्रो उपलब्धि पाउन सकिने पार्लर व्यवसायहरु बताउँछन्। विगत १५ वर्षदेखि पार्लर व्यवसाय तथा पार्लर तालिम प्रशिक्षकको पेशा समाल्दै आएकी मिथिलाको पार्लरमा राम्रो आम्दानी हुने र भविष्य पनि बताएकी छिन्। थोरै लगानीबाट पनि धेरै फाइदा लिन सकिने र आफ्नो खुट्टामा उभिन महिलाहरुलाई धेरै सजिलो पेसा ब्यूटीपार्लर हो।

महिनामा ५०–६० हजारको हाराहारीमा आम्दानी हुने उनले बताएकी छिन्। ‘शुरुमा गर्ने त धेरै गाह्रो नै छ, तर आफू केही गर्छु भनेर लाग्ने महिलाको लागि यो उत्तम उपाय हो,’ उनी भन्छिन्।

घर परिवारले पनि पार्लर व्यवसायमा सहयोग पुर्याउने मिथिला बताउँछिन्। ‘ब्यूटीपार्लर पनि नर्स सरहको शीप हो, जसरी नर्स पढ्नको मिहेनत र इज्जत छ,’ उनले भनिन्। नर्ससरह पार्लर पनि तालिम लिएर पढेर ग्राजुएट भई स्नातक गरेर गर्ने कामको रुपमा रहेको आलोकनगरकी ब्यूटी प्रशिक्षक थापा सुनाउँछिन्।

हाल कतिपय क्षेत्रमा सिटिइभिटीबाट यस्ता तालिम सुचारु भएको त छ। तर पर्याप्त भने छैन। अझै पार्लरको लागि तालिमको राम्रो व्यवस्था हुनुपर्छ। ब्यूटीपार्लरमा तालिम अनि परामर्शको आवश्यक रहन्छ।

सरकारीस्तरबाट गरिबी, आर्थिक स्थिति कमजोर, अपाङ्गता महिलाहरुलाई निःशुल्क तालिमको ब्यवस्था भयो। उनीहरु आत्मनिर्भर बन्न पार्लर एउटा बहुआयामको आधार हो। 

पार्लरबाट अन्य रोजगार ब्यवसायीको तुलनामा महिलाहरु आफैँलाई पहिलो फाइदा छ। र घर परिवारमा एक जना ब्यूटी पार्लरमा पोख्तभए घरभरिका अन्य महिला सदस्यका लागि फाइदा रहने मिथिलाको सोच छ।

उनी भन्छिन्, ‘हामी सौन्र्दयको लागि सुन्दर बन्न तथा श्रृंगारको लागि पार्लरमा कति खर्च गर्छौं, त्यो खर्च बचाउने सजिलो उपाय पार्लर हुन सक्छ, र ब्यूटीपार्लर महिलामैत्री ब्यवसाय पनि हो।’


 

More form the Internet

loading...