Suvadin, Home

जापानमा नेपाल प्रवर्द्धन

एक्स्पोमा नेपालका तर्फबाट बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमको सहयोग तथा निजी क्षेत्रबाट चार पर्यटन कम्पनीहरु अराउन्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शम्बला र नेत्र ट्राभल्स एण्ड टुर्सको सहभागिता थियो। उक्त ‘प्लेटफर्म’ नेपालका बारेमा नयाँ जानकारी अद्यावधिक गर्न, व्यवसायीसँग सम्वाद गर्न र जापानी बजारमा गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न सहयोगी बनेको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पर्यटन एक्स्पो।

काठमाडौं, ७ असोज – पर्यटन एक्स्पो जापान (जाटा)मा नेपालको प्रवर्द्धन गरिएको छ। यही असोज ४ देखि ७ गतेसम्म टोक्यो बिगसाइटमा सफलताका साथ सम्पन्न एक्सपोमा नेपालको पर्यटकीय गन्तव्य तथा सेवाको प्रवर्द्धन गरिएको हो।

सहभागी गन्तव्यका लागि उत्कृष्ट मञ्च मानिने एक्स्पोमा सम्पन्न व्यापार बैठकमा नेपालको सहभागिता अझ बढी प्रभावकारी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

एक्स्पोमा नेपालका तर्फबाट बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमको सहयोग तथा निजी क्षेत्रबाट चार पर्यटन कम्पनीहरु अराउन्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शम्बला र नेत्र ट्राभल्स एण्ड टुर्सको सहभागिता थियो। 

उक्त ‘प्लेटफर्म’ नेपालका बारेमा नयाँ जानकारी अद्यावधिक गर्न, व्यवसायीसँग सम्वाद गर्न र जापानी बजारमा गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न सहयोगी बनेको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

अझ महत्वपूर्ण रुपमा निगमले निकट भविश्यमा नै गर्न लागेको सीधा उडानको खबरले उपस्थित जापानीहरु र पर्यटन आबद्ध सम्पूर्णमा आशाको सञ्चार गरेको बताइएको छ। 

जापान मुख्य रूपमा बौद्धमार्गी बढी बस्ने नेपालका लागि एक स्थापित बजार हो। धेरै जापानीहरु नेपाललाई भगवान् बुद्धको जन्मस्थान, एक तीर्थस्थान गन्तव्य, आध्यात्मिक उपचारको केन्द्रका रुपमा धेरै माया गर्छन्।

उनीहरु प्राय काठमाडौँ, लुम्बिनी, पोखरा, चितवन घुम्ने र अन्नपूर्ण वा एभरेस्ट क्षेत्रमा पदयात्रामा जाने गरेका छन् । नेपालमा आउने जापानी पर्यटक शिक्षित र धेरै खर्च गर्नसक्ने आउने हुँदा पर्यटन बजारका रुपमा जापानले विशेष महत्व राख्ने बोर्डको भनाइ छ। 

सन् २०१७ मा नेपालमा करीब दश लाखको हाराहारीमा विदेशी पर्यटकको आगमन भएकामा करीब अठार हजार जापानी पर्यटक आएका थिए । सन् २०१९को पर्यटन एक्स्पो जापानको ओशाका शहरमा अक्टोबर २४–२७ मा हुने तय भएको छ।
 


 

More form the Internet

loading...