Suvadin, Home

तारा एयरले भित्र्यायो नयाँ ट्वीनअटर विमान

विमान चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन्। विमानको चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एयरवर्दिनेस् ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका छन्। नयाँ विमान भाईकिङ्ग ४०० श्रृङ्खलाको हो।

काठमाडाैं, ६ साउन – तारा एयरले नयाँ  ट्वीनअटर विमान भित्र्याएको छ। उक्त विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो।

विमान चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन्। विमानको चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एयरवर्दिनेस् ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका छन्।

नयाँ विमान भाईकिङ्ग ४०० श्रृङ्खलाको हो। भाईकिङ्ग ४०० श्रृङ्खलाका यी ट्वीनअटर विमानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा, तथा रारा मा उडान भर्न सक्षम छ।

रितपुर्वक सबै जाचँहरुबाट सफलतापुर्वक गुज्रिएर, परिक्षण उडान समेत सफलतापुर्वक सम्पन्न गरेपछि विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा 9N-ALO दर्ता नम्बर प्रदान भएको छ। नयाँ विमान थप भएबाट नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने महत्वाकांक्षमा तारा एयरले समेत महत्वपुर्ण योगदान पुर्याउन सक्ने उनीहरूको धारणा रहेको छ।


 

More form the Internet

loading...