Suvadin, Home

काठमाडाैंमा थपियाे सुबिधा सम्पन्न बससेवा, यस्ताे छ रुट

बुढानिलकण्ठ यातायात प्रालिले टाटाको अत्याधुनिक एवम् सुविधा सम्पन्न एलपी ७१२ ३२ बस सेवा शुरु गरेको छ। बुढानिलकण्ठ, जमल, रत्नपार्क हुँदै बुढानिलकण्ठ रुटमा बससेवा सञ्चालनमा ल्याइएको हो।
सिप्रदी र बुढानिलकण्ठ यातायात प्रालिका पदाधिकारी।

काठमाडौं, मंसिर ८ – बुढानिलकण्ठ यातायात प्रालिले टाटाको अत्याधुनिक एवम् सुविधा सम्पन्न एलपी ७१२ ३२ बससेवा शुरु गरेको छ। बुढानिलकण्ठ, जमल, रत्नपार्क हुँदै बुढानिलकण्ठ रुटमा बससेवा सञ्चालनमा ल्याइएको हो।

नेपाली अटो बजारमा ७८ प्रतिशत बजार ओगटेको टाटाका विश्वसनीय तथा ग्राहकहरुलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्ने टाटा एलपी ७१२ बसमा अत्याधुनिक विशेषता रहेका छन्।

एलइडी टिभी, सिसिटिभी क्यामेरा, हाइड्रोलिक ढोका, आरामदायी सिट रहेको सिप्रदी ट्रेडिङ प्रालिका उत्पादन व्यवस्थापक कृष्ण चन्दले बताएका छन्।

साँचो हस्तान्तरण गर्दै सिप्रदी टेडिङ प्रालिका डिजिएम अनुपमणि ढकालले ३५ वर्षदेखि निरन्तर रुपमा ग्राहक सेवा लाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गरे। ढकाले सिप्रदी टेडिङ प्रालिले गाडीहरु निरन्तर अनरोडका निमित्त २४सैं घण्टा कटिबध रहने र ग्राहकको लगानी सुनिश्चित गर्न सिप्रदी ट्रेडिङ र टाटा मोटर्स् दुवै अगाडि बढेको बताएका छन्।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराजा महर्जनले अहिले १० वटाबाट शुरु गरी आगामी दिनमा ७० वटा नयाँ गाडी सञ्चालन गर्ने जानकारी दिएका छन्


 

More form the Internet

loading...