Suvadin, Home

लुटेरा समूहका छ जना पक्राउ
काठमाण्डौंमा दिउँसै ३२ लाख लुटियाे

काठमाण्डौंमा दिउँसै ३२ लाख रुपैयाँ लुट्ने लुटेरा समूहका केही व्यक्ति पक्राउ परेका छन्।  लुटेरा समूहका केही व्यक्तिलाई पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । गएको शुक्रवार म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने समूहका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । 
फाईल फोटो

काठमाण्डौं, २१ जेठ – काठमाण्डौंमा दिउँसै ३२ लाख रुपैयाँ लुट्ने लुटेरा समूहका केही व्यक्ति पक्राउ परेका छन्।  लुटेरा समूहका केही व्यक्तिलाई पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । गएको शुक्रवार म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने समूहका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा तारा बोहोरा, सरोज श्रेष्ठ, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापाको काठमाण्डौंका एसएसपी छविलाल जोशीले जानकारी दिए । उनका अनुसार अन्य चार जना भने फरार रहेका छन् । 

लुटेराको साथबाट प्रहरीले दुई लाख रुपैयाँ बरामद गरेको छ । लुटेराले शुक्रबार दिउँसो महाराजगन्जस्थित एनएमवी बैंकबाट ३२ लाख रुपैयाँ निकालेका कुमार विश्वकर्मा र रोशन वोगटीको पैसा लुटेका थिए ।
 


 

More form the Internet

loading...