Suvadin, Home

कुमारी बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार बैंकले १२ करोड रुपैयाँ नाफा बढाएको हो। ६ महिनामा बैंकले १ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ।

काठमाडौं,८ माघ- कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३२.२३ प्रतिशतले नाफा बढाएको छ। चालु आवको पुससम्म बैंकले ६० करोड ३८ लाख रुपैयाँ खुदनाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४८ करोड २ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार बैंकले १२ करोड रुपैयाँ नाफा बढाएको हो। ६ महिनामा बैंकले १ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको खराव कर्जा अनुपात घटाएर १.२२ प्रतिशतमा सीमित गरेको छ। बैंकको निक्षेप लागत बढेर ८.१२ प्रतिशत पुगेको छ। निक्षेप कर्जा अनुपात ७८, आधार दर बढेर ११.५५ प्रतिशत पुगेको छ।

यस्तै प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र ब्याजदर अन्तर ३.३८ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ७५ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ। कर्जा सापटी पनि बढेर ७० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। 


 

More form the Internet

loading...