Suvadin, Home

ट्राफिकलार्इ मात्रै ३० कराेड ३० लाख बुझाउँछन् काठमाडाैंबासी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ। महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । 
रसिद काट्दै गरेका ट्राफिक। फाइल तस्बिर।

काठमाडौँ, जेठ २४ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ। महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । 

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पाँच लाख ४६ हजार ५६० सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिए। यस्तै, महाशाखाले जेठ १६ गतेदेखि जेब्रा क्रसिङबाट बाटो नकाटी अन्य स्थानबाट बाटो काट्ने पैदलयात्रुलाई जरिवाना गर्दै आएको छ।

महाशाखाले अवैधरुपमा बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ प्रयोग गरी रु २०० जरिवाना लिएको हो । रासस 


 

More form the Internet

loading...