Suvadin, Home

'बजेट निर्माण र योजना तर्जुमा गर्न सके बजेट कार्यान्वयनमा सहजता आउँछ'

अधिकारीले खर्चको प्रभावकारिताले राजश्वलाई सहयोग पुर्याउने भएकाले बजेट बनाउँदा संस्थाको प्राथमिकता, आन्तरिक सुधार, संस्था र सेवा प्रवाहजस्ता सुधारका कार्यक्रमलाई बढी महत्व दिनुपर्ने बताएका छन्।

काठमाडौं, ३ माघ – सूचना तथा सञ्चार मन्त्रालयले अनुगमन मूल्यांकन, मध्यकालीन खर्च संरचना तथा बजेट सम्बन्धमा अायाेजना गरेकाे दुईदिने तालीम बुधबार सम्पन्न भएकाे छ।

उक्त अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभित्र रहेर आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने उल्लेख गरेका छन्।

अधिकारीले बजेट सीमाभन्दा माथि जाने भएमा स्पष्ट कारण खुलाएर प्रस्ताव प्रस्तुत गर्न आग्रह गरेका छन्। अधिकारीले खर्चको प्रभावकारिताले राजश्वलाई सहयोग पुर्याउने भएकाले बजेट बनाउँदा संस्थाको प्राथमिकता, आन्तरिक सुधार, संस्था र सेवा प्रवाहजस्ता सुधारका कार्यक्रमलाई बढी महत्व दिनुपर्ने बताएका छन्।

कुमार श्रेष्ठले योजनामै काम गरेका कर्मचारीको सरुवा हुँदा विशेषज्ञता पनि बढ्ने र बजेट निर्माणमा सहज हुने बताएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख रुद्रादेवी शर्माले मध्यकालीन खर्च संरचनामार्फत बजेट निर्माण र योजना तर्जुमा गर्न सकिए बजेट कार्यान्वयनमा सहजता आउने बताएका छन्।

उक्त अवसरमा अर्थ मन्त्रालयका बजेट प्रविष्टि विशेषज्ञ ठेकु श्रेष्ठले एलएमबिआइएसमार्फत बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुमाथि व्यावहारिक प्रशिक्षण दिएका थिए।

तालीममा मन्त्रालय मातहतका विभाग, समिति, संस्थान तथा आयोगका नीति योजनासँग सम्बन्धित प्रमुखहरुको सहभागिता रहेको थियो। 


 

More form the Internet

loading...