Suvadin, Home

औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय सहयाेग अपरिहार्य

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलकी नेत्री एवम् उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक विकासका लक्ष्य र उद्देश्य हासिल गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य रहेको बताएकी छिन्। 

काठमाडौं, मंसिर १३ – संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठनको १७ औं सम्मेलनमा औद्योगिक विकासको माध्यमबाट नेपाल दीगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ। अष्ट्रियाको राजधानी भियनामा जारी उक्त सम्मेलनमा नेपाल आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको हो। 

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलकी नेत्री एवम् उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक विकासका लक्ष्य र उद्देश्य हासिल गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य रहेको बताएकी छिन्। 

राष्ट्र संघका लागि भियनास्थित स्थायी नेपाली नियोगका अनुसार नेपालजस्ता अतिकम विकसित मुलुकका लागि दिगो औद्योगिक विकास हासिल गर्न उनीहरुको आन्तरिक प्रयासमा बाह्य मुलुकको सहयोग आवश्यक भएको बताउँदै सचिव खतिवडाले युनिडो तथा विश्वभर रहेका त्यसका साझेदार मुलुकलाई नेपालको अभिमतप्रति सहमति जनाउन आग्रह गरेकी छिन्।

गत सोमबारदेखि शुरु भएको सम्मेलन शुक्रबार सम्पन्न हुने नियोगले जानकारी दिएकाे छ।


 

More form the Internet

loading...