Suvadin, Home

युनिलिभरको लाभांश सुरक्षित गर्ने अाज अन्तिम दिन

असोज २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पाउनेछन्। कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजी ९ करोड २१ लाखको ७०० प्रतिशत नगद अर्थात ६४ करोड ४७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ।

काठमाडाैं, २१ असोज – युनिलिभर नेपालले कार्तिक ७ गते आह्वान गरेको २५औं वार्षिक साधारण सभाका लागि असोज २२ गते सोमबारदेखि शेयरधनी किताब बन्द गर्दैछ। त्यसैले असोज २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पाउनेछन्।

कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजी ९ करोड २१ लाखको ७०० प्रतिशत नगद अर्थात ६४ करोड ४७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ।

नेपाली पूँजी बजारमा सर्वाधिक महङ्गो शेयरमूल्य रहेको युनिलिभरले नाफा बढेपनि गत आर्थिक वर्षको नाफाबाट लाभांश भने ५७० प्रतिशतले लाभांश घटाएको छ। उच्च शेयरमूल्य रहेको कारण कम्पनीले प्रस्ताव गरेको ७०० प्रतिशत नगद लाभांश दोस्रो बजारमा खरिद गर्ने शेयरमूल्यका आधारमा भने ३ प्रतिशत भन्दा कम हुन आउँछ।

आर्थिक वर्ष २०७३–७४ मा युनिलिभरले २५औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो। अघिल्लो आवमा ९६ करोड नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा कम्पनीले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

अहिले युनिलिभरको प्रतिकित्ता शेयरमूल्य २४ हजार ३०४ रुपैयाँ छ। प्रतिशतका आधारले ७०० प्रतिशत धेरै लाभांश देखिएपनि शेयरमूल्य उच्च रहेकाले दोस्रो बजारबाट शेयर खरिद गर्ने लगानीकर्तालाई भने न्यून मात्रामा मात्र लाभांशका प्राप्त हुने अवस्था छ।


 

More form the Internet

loading...