Suvadin, Home
Nepal life 2.6M

पेय पदार्थमा बजारलार्इ नियन्त्रणमा राख्न युनिलिभरले उठायो यस्तो कदम

सन् २०१८ को मार्च महिनाको अन्त्यमा जीएसकेको ५५ करोड यूरो आम्दानी हर्लिक्स र बुस्टबाट भएको रेकर्ड छ। जीएसकेले बेच्ने हर्लिक्सको ९० प्रतिशत बजार भारत नै हो।

काठमाडौं, १८ मंसिर – युनिलिभर लिमिटेडले भारत, बंगलादेश लगायत अन्य २० देशमा राम्रो बजार ओगटेको ग्लेक्सोस्मिथक्लाइन जीएसकेको हेल्थ फुड ड्रिङ्क पोर्टफोलियो एचएफडी किनेको छ।

विशेष गरि बालबालिका माझ लोकप्रिय पोषणयुक्त पेय पदार्थ हर्लिक्स, बुस्ट लगायतका उत्पादन तथा बिक्री अबदेखि ब्रिटिश कम्पनी युनिलिभरले गर्ने भएको छ। हिन्दुस्तान युनिलिभर लिमिटेड एचयूएमाको प्रोमोटर कम्पनी युनिलिभरले आफ्नो शेयरसहित ३.३ अर्ब यूरो बराबरको शेयर खरिद गरेको हो।

सन् २०१८ को मार्च महिनाको अन्त्यमा जीएसकेको ५५ करोड यूरो आम्दानी हर्लिक्स र बुस्टबाट भएको रेकर्ड छ। जीएसकेले बेच्ने हर्लिक्सको ९० प्रतिशत बजार भारत नै हो। खाद्य तथा पेय पदार्थमा आफ्नो बजार बढाउने घोषित रणनीति अनुरुप नै पछिल्लो कदम चालिएको युनिलिभरले जनाएको छ।


 

More form the Internet

loading...