Suvadin, Home

उन्नति माइक्रोफाइनान्सद्वारा ४२.६३% बोनश शेयर तथा नगद लाभांश प्रस्ताव

प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा भएको कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २२ पैसा रहेको छ। कम्पनीको खराब कर्जा अनुपात ०.७४ प्रतिशत छ र जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ छ।

काठमाडाैं, २७ कात्तिक – उन्नति माइक्रो फाइनान्सले शेयरधनीलार्इ ४२.६३ प्रतिशत बोनश शेयर तथा नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको संञ्चालक समितिको सोमबार बसेको १२२ अाैं बैठकले गत वर्षको नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले शेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनार्थ नगद लाभांश २.१३ प्रतिशत प्रस्ताव गरेको छ। कम्पनीको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ कायम छ। बोनस पश्चात चुक्ता पुँजी ७ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।

प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा भएको कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २२ पैसा रहेको छ। कम्पनीको खराब कर्जा अनुपात ०.७४ प्रतिशत छ र जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ छ।


 

More form the Internet

loading...