Suvadin, Home

‘नबाबी सहर’मा ननभेज निषेध
‘टुन्डेका कबाफ’देखि लखनउ बिरयानीसम्मका ढोका बन्द

नबावी सहरका रुपमा चिनिन्छ, लखनउ। सान सौकत र खान्कीका लागि बेग्लै परिचय बनाएको उत्तर प्रदेशको यो राजधानी सहरमा केही दिनयता 'ननभेज' बन्द छ। मसहुर ‘टुन्डेका कबाफ’देखि लखनउ बिरयानीका ढोका थुनिएका छन्। त्यहाँका स्थानीयलाई शनिबार शाकाहारी हुनुपर्ने बाध्यता आइलागेकाे हाे। उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकार गठन भएपछि अवैद्य मासु पसल हटाउने अभियानै सुरु भएको छ। मासु पसलहरुमा निक्कै कडार्इ गरिएपछि व्यापारी त्यसको विरोधमा उत्रेका हुन्।
मासु पसलमा ताला लगाउँदै सरकारी अधिकारी।

काठमाडौं, चैत १३ – नबावी सहरका रुपमा चिनिन्छ, लखनउ। सान सौकत र खान्कीका लागि बेग्लै परिचय बनाएको उत्तर प्रदेशको यो राजधानी सहरमा केही दिनयता 'ननभेज' बन्द छ। मसहुर ‘टुन्डेका कबाफ’देखि लखनउ बिरयानीका ढोका थुनिएका छन्।

त्यहाँका स्थानीयलाई शनिबार शाकाहारी हुनुपर्ने बाध्यता आइलागेकाे हाे। उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकार गठन भएपछि अवैद्य मासु पसल हटाउने अभियानै सुरु भएको छ। मासु पसलहरुमा निक्कै कडार्इ गरिएपछि व्यापारी त्यसको विरोधमा उत्रेका हुन्।

उनीहरु आइतबारदेखि हड्तालमा छन्। लखनउमा मात्रै कम्तिमा पनि पाँच हजार मासु पसल रहेको अनुमान छ। ती सबै बन्द हुँदा उपभोक्ता हैरान छन्। मासु व्यवसायीहरुले आइतबारदेखि पूरै उत्तर प्रदेशमा बन्द आह्वान गरेका छन्।

कानपुर, नोयडा र गाजियावादका व्यापारीले पनि त्यसमा ऐक्यवद्धता जनाएका छन्। लाइसेन्स लिएका व्यवसायी हड्लातमा सामेल नभएको त्यहाका सञ्चारमाध्यमले जनाएका छन्।


 

More form the Internet

loading...