Suvadin, Home

अपर म्याग्दी–१ मा ९ अर्ब ३३ करोडको लागत 

नौ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीबाट अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण गरिने भएको छ । उक्त आयोजनाबाट ५३ दशमलव ५ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको हो ।
फाईल फोटो

काठमाण्डौं, २१ जेठ – नौ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीबाट अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण गरिने भएको छ । उक्त आयोजनाबाट ५३ दशमलव ५ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको हो ।

आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा पु¥याई केन्द्रीय प्रसारण लाइनमा जोडिने हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडल कम्पनीका निर्देशक उपेन्द्रराज गौतमले जानकारी दिए ।  आयोजनाले दश किमी पहुँचमार्ग र भारबाङदेखि दानासम्म २८ किमी दूरीको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण गर्ने भएको छ । 

धौलागिरि हिमालबाट बगेर आउने म्याग्दी नदीमा हाल दुईवटा आयोजना पूर्वाधार निर्माणको चरणमा छन् भने चारवटाको सर्वेक्षण भइरहेको छ । हाइड्रो इम्पाइरले २० मेगावाटको अपर म्याग्दी र धौलागिरि कालिका हाइड्रोले २५ मेगावाटको दरवाङ म्याग्दी खोलाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले अनुमति दिएको छ

। ५७ मेगावाट क्षमताको म्याग्दीखोला हाइड्रोपावर सर्वेक्षणको चरणमा छ भने २४ दशमलव ०७ मेगावाट क्षमताको सुपर म्याग्दी र चार दशमलव छ मेगावाटको म्याग्दी खोला ‘बी’ले सर्वेक्षणको अनुमतिका लागि विभागमा निवेदन दिएको जनाईएको छ । हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको पहिलो चरणमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए रिपोर्ट) तयार भएको छ । 

 


 

More form the Internet

loading...