Suvadin, Home

माथिल्लो तामाकोशीको घाटाको अार्इपिअो भर्ना लगानीकर्ताको काठमाडाैंमा चाप

बिक्री प्रबन्धक नागरिक लगानी कोषले अत्याधिक आवेदकको चाप कायम नै रहेकाले ७ दिन समय बढाइएको जनाएको छ। राजधानीमा ११ संकलन केन्द्रबाट मात्र आवेदन संकलन गरिएकाले राजधानीमा बसोबास गर्दे आएका दोलखाबासीले आवेदन बुझाउन निकै सास्ती खेप्दै आएका थिए। फारम बुझाउन पुरै दिन लाग्ने गरेको थियो। दोलखा जिल्लाबाट साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ। पुरानै तरिकाबाट आयोजनाको आइपिओ भर्न सकिने व्यवस्था गरिँदा लगानीकर्ताले दिनभरी लाईन लाग्नु पर्ने अवस्था आएको हो। साथै जिल्लाबासीलाई शेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन।

काठमाडाैं, २५ साउन – माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासीका लागि खुला गरेको साधारण शेयरमा काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थप गरिएको छ। यसअघि साउन १६ देखि २५ गते शुक्रबारसम्म आवेदन दिनसक्ने व्यवस्था रहेकोमा भदौ १ गतेसम्म पुर्याइएको हाे।

बिक्री प्रबन्धक नागरिक लगानी कोषले अत्याधिक आवेदकको चाप कायम नै रहेकाले ७ दिन समय बढाइएको जनाएको छ। राजधानीमा ११ संकलन केन्द्रबाट मात्र आवेदन संकलन गरिएकाले राजधानीमा बसोबास गर्दे आएका दोलखाबासीले आवेदन बुझाउन निकै सास्ती खेप्दै आएका थिए। 

आईपिओ फारम बुझाउन पुरै दिन लाग्ने गरेको थियो। दोलखा जिल्लाबाट साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ। पुरानै तरिकाबाट आयोजनाको आइपिओ भर्न सकिने व्यवस्था गरिँदा लगानीकर्ताले दिनभरी लाईन लाग्नु पर्ने अवस्था आएको हो। साथै जिल्लाबासीलाई शेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन।

आयोजनाले दोलखाबासीका लागि १०० रुपैयाँ अंकित दरका १ अर्ब पाँच करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपिओ साउन १६ गतेदेखि खुला गरेको थियो। दोलखा जिल्लाका ईच्छुक लगानीकर्ताले तामाकोशीको उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

राष्ट्रिय गौरवको आयोजना भएपनि शेयर निष्काशन नगर्दै घाटामा रहेको कम्पनीमा आइपिओ भर्न मरिहत्ते गरिरहनु पर्ने अवस्था देखिँदैन। कम्पनीले साधारण शेयर निष्काशन गर्न प्रकाशित गरेको वित्तीय विवरण अनुसार अहिले कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ता २ रुपैयाँ ४६ पैँसा घाटा व्यहोर्नुपर्ने उल्लेख छ।

विवरणका आधारमा हेर्दा १ सय रुपैयाँ लगानी गर्ने लगानीकर्ताको शेयरको मूल्य ९७ रुपैयाँ ५४ पैँसामा झरिसकेको छ। लागत उच्च हुँदा चालू आर्थिक वर्ष २०७५–७६ को अन्त्यसम्म पनि माथिल्लो तामाकोशीको शेयरमा लगानी गर्ने लगानीकर्ताले प्रति शेयर ३० पैँसा घाटा व्यहोर्नुपर्नेछ। चालू आवको अन्यसम्म प्रति शेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा मात्र कायम हुने प्रक्षेपण कम्पनी कै छ।

यदि आर्थिक वर्ष ७६–७७ मा प्रति शेयर ३८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण कम्पनीले गरेपनि त्यसपछिका वर्षमा फेरी घटेर २० रुपैयाँमा झर्ने प्रक्षेपण कम्पनीले नै गरेको छ। स्थानीयबासीले उक्त आईपिओ ३ वर्षसम्म बिक्री गर्न पाउँदैनन्।

तीन वर्षपछि एकसाथ ठूलो परिमाणको शेयर फुकुवा हुने हुँदा पनि त्यसले कम्पनीको भाउ घटाउनमा नै मद्दत पुग्दछ। त्यसैले अहिले शेयर बजार अाेरालाे लागेकाले दोस्रो बजारमै आइपिओको भाउमा यहि वर्ष लाभांश बाँड्ने हैसियतका कम्पनीको शेयर छानी छानी किन्न पाउने अवस्था रहेको छ। त्यसैले अाइपिअाे भर्न सास्ति खेप्नुपर्ने अवस्था देखिदैन।

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना तामाकोशी जलविद्युत आयोजनाको लागत निर्माण अवधि लम्बिएसँगै प्रतिमेगावाट ५ करोड रूपैयाँले बढ्ने भएको छ। २०६७ सालमा निर्माण शुरु गर्दा प्रतिमेगावाट ९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण सम्पन्न हुँदा लाग ७० अर्ब पुग्ने भएकाले १४ करोड २५ लाख माथि पुग्ने देखिएको हो।


 

More form the Internet

loading...