Suvadin, Home
Nepal life 2.751M

डलर मूल्य ११९ रुपैयाँको हाराहारिमा पुग्यो

नेपाल राष्ट्र बैंकले असोज २३ गते मंगलबारका लागि प्रति एक डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ। यससँगै अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासमै धेरै कमजोर बनेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आउन थालेपछि डलरमूल्य बढ्न थालेको थियो। गत शुक्रबार एक अमेरिकी डलर खरीददर ११८ रुपैयाँ ३० पैसा रहेको थियो। गत अप्रिलदेखि नै नेपाली मुद्रा अमेरेकी डलरसँग अवमूल्यनमा हुँदै आएको छ।

काठमाडाैं, २३ असोज – अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले असोज २३ गते मंगलबारका लागि प्रति एक डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ। यससँगै अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासमै धेरै कमजोर बनेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आउन थालेपछि डलरमूल्य बढ्न थालेको थियो। गत शुक्रबार एक अमेरिकी डलर खरीददर ११८ रुपैयाँ ३० पैसा रहेको थियो। गत अप्रिलदेखि नै नेपाली मुद्रा अमेरेकी डलरसँग अवमूल्यनमा हुँदै आएको छ।

भारतको तुलनामा अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा भारतीय मुद्राको तुलनामा डलरको भाउ बढेको हो। अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सिधा असर नेपाली मुद्रामा पनि पर्ने गर्दछ। नेपाली मुद्राको भारतसँग स्थिर विनिमय दर छ। डलर भाउ बढेसँगै अहिले एक डलर खरीद गर्न ७४ भारु खर्च गर्नुपर्नेछ।

नेपालीहरुको महान चाड बडा दशैं नजिक आइसकेको छ। यहि समयमा डलरको भाउ महङ्गो हुँदा बजार भाउ उच्च हुने देखिएको छ। दैनिकजसो डलरमा देखिएको बढोत्तरीले बजार भाउ उच्च भई न्यून आम्दानी भएकालाई थप प्रभावग पर्ने देखिन्छ।

आयातित तेलको भुक्तान डलरमा गर्नुपर्ने हुदा कच्चा तेलको मुल्य समेत वृद्धि भएको छ। कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ।


 

More form the Internet

loading...