Suvadin, Home

प्रमु बैंकको नाफा ७३ प्रतिशतले बढेर एक अर्ब ४ करोड नाघ्यो

गत बर्षको पुससम्ममा बैंकले ६० करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो। गत बर्ष प्रोभिजनिङ बढेका कारण नाफा खुम्चिएको थियो। खराव कर्जा उठेसँगै बैंकको नाफा बढेको हो। गत बर्ष खराव कर्जा ४.१२ प्रतिशत रहेकोमा १.६५ प्रतिशत विन्दुले सुधार भएको छ।

काठमाडौं,१० माघ-प्रभु बैंक चालु आर्थिक बर्षको ६ महिनामै विलेनियर क्लबमा उक्लिएर लगानीकर्तामा विश्वास बढाएको छ। बैंकले गत बर्षको भन्दा ७३.३२ प्रतिशतले नाफा बढाएर एक अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ। 

गत बर्षको पुससम्ममा बैंकले ६० करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो। गत बर्ष प्रोभिजनिङ बढेका कारण नाफा खुम्चिएको थियो। खराव कर्जा उठेसँगै बैंकको नाफा बढेको हो। गत बर्ष खराव कर्जा ४.१२ प्रतिशत रहेकोमा १.६५ प्रतिशत विन्दुले सुधार भएको छ।

बैंकको ब्याज आम्दानी ३६ प्रतिशतले सुधार हुँदा खर्च भने १७ प्रतिशतले मात्रै बढेको हुँदा खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार गरेको छ। बैंकले खुद व्याज आम्दानी ७६ प्रतिशतले बढाउँदै दुई अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। 

बैंकले पुससम्ममा एक खर्ब ४ अर्ब रुपैयाँ संकलन गरि ८८ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्षको यहि अवधिमा ८६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७१ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यस वर्ष ४० प्रतिशतले पूँजी बृद्धि गर्दै ८ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ भने हकप्रद लिलामको प्रिमियम सहित जगेडा कोषमा ५ अर्ब ६० करोड रुपैयाँ जम्मा गरेको छ।   

आधार ब्याज दर थोरै विन्दुले घटाएर ९।३७ प्रतिशत कायम भएको छ। 


 

More form the Internet

loading...