Suvadin, Home

काँकरभिट्टामा बर्ल्डलिंक इन्टरनेट सेवा विस्तार

कार्यालय प्रमुख अनु बिष्टले नेपाली उपभाेक्तामाझ लाेकप्रिय रहेकाे बर्ल्डलिंकले झापा मेचीनगरका ग्राहकलार्इ पनि सहज इन्टरनेट सेवा प्रदान गर्न सफल हुने दृढता व्यक्त गरिन्। 'इन्टरनेटकाे पहुँच विस्तार गर्नु प्रविधिलार्इ नजिकबाट पहिचान गर्न सफल हुनु हाे', बिष्टले शुभदिनसँग भनिन् – 'अन्तर्राष्ट्रियस्तरकाे सेवा नेपालीमै उपलब्ध गराउनु नै हाम्राे लक्ष्य हाे।'
काँकरभिट्टास्थित बर्ल्डलिंककाे सम्पर्क कार्यालयका कर्मचारी।

झापा, २४ पुस – सेवाग्राहीको मागलार्इ मध्यनजर गर्दै बर्ल्डलिंक कम्युनिकेशन प्रा.लि.ले झापाकाे काँकरभिट्टामा सम्पर्क कार्यालय स्थापना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङले कार्यालयको उद्घाटन गरेका हुन्। तामाङले इन्टरनेटको पहुँच अति आवश्यक भएको धारणा राखे। तामाङले बर्ल्डलिंकले सेवा बढाउँदै लानु खुशी व्यक्त गर्दै संस्थाकाे प्रगतिको कामना गरेका छन्।

कार्यालय प्रमुख अनु बिष्टले नेपाली उपभाेक्तामाझ लाेकप्रिय रहेकाे बर्ल्डलिंकले झापा मेचीनगरका ग्राहकलार्इ पनि सहज इन्टरनेट सेवा प्रदान गर्न सफल हुने दृढता व्यक्त गरिन्।

'इन्टरनेटकाे पहुँच विस्तार गर्नु प्रविधिलार्इ नजिकबाट पहिचान गर्न सफल हुनु हाे', बिष्टले शुभदिनसँग भनिन् – 'अन्तर्राष्ट्रियस्तरकाे सेवा नेपालीमै उपलब्ध गराउनु नै हाम्राे लक्ष्य हाे।'

कार्यालयका व्यापार प्रबन्धक चाणक्य आचार्यले अहिले काँकरभिट्टामा वाइरलेसका माध्यमबाट सेवा दिइरहेकाे जनाएका छन्। उनले भने – 'तर, अब प्रबिधिको उच्चतम् प्रयोगका लागि फाइबर टु होम अप्टिकल फाइबरको माध्यमबाट सेवा थप गरी सम्पर्क कार्यालय स्थापना गरेका छौं।'

आवश्यकता अनुसारको डाटाको गतिमा यो सेवासुविधा प्रदान गर्न तथा प्रयोग गर्न सकिने अाचार्यले बताएका छन्। आचार्यले यो द्रुत गतिको इन्टरनेट सेवाका साथै विद्यार्थी, संघ–संस्था, होटल, रेष्टुरेन्ट, व्यवसाहिक संस्था तथा घरमा सस्तो र सर्वसुलभ मूल्यमा यो सेवा प्रयोग गर्न सकिने पनि जनाएका छन्।

अहिलेको लक्ष्य ५ किलोमिटरभित्र आफ्नो सेवालार्इ द्रुत गतिले अगाडि बढाउने रहेकाे आचार्यले जनाएका छन्। 'त्यो लक्ष्य हासिल भएपछि मेचीनगरमा केन्द्रित हुन्छौं' – उनले भने।


 

More form the Internet

loading...