Suvadin, Home

नेपालको वित्तीय विकासका लागि विश्व बैंकको १० अर्ब

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको दिगो विकासका लागि १० अर्ब ७० करोड सहयोग उपलब्ध गराएको छ। मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव डा. शान्तराज सुवेदी र बैंकका नेपाल निर्देशक क्युमाओ फ्यानले नेपालको वित्तीय क्षेत्रको विकासमा लागि बैंकले उपलब्ध गराएको १० अर्ब ७० करोड रुपैयाँ अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
विश्व बैंक।

काठमाडौं, चैत २९- विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको दिगो विकासका लागि १० अर्ब ७० करोड सहयोग उपलब्ध गराएको छ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव डा. शान्तराज सुवेदी र बैंकका नेपाल निर्देशक क्युमाओ फ्यानले नेपालको वित्तीय क्षेत्रको विकासमा लागि बैंकले उपलब्ध गराएको १० अर्ब ७० करोड रुपैयाँ अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। अर्थसचिव सुवेदीले विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको विकासका गरेको यो सहयोग तेस्रो चरणको रहेको जानकारी दिए।

नेपालको वित्तीय क्षेत्रको दिगो विकास गर्ने उद्देश्यका साथ विश्व बैंकले सन् २०१३ र सन् २०१५ पनि सहयोग उपलब्ध गराएको थियो। सन् २०३० सम्ममा नेपाल विश्वमा मध्यम आय भएको मुलुक होस् भन्ने उद्देश्यका साथ वित्तीय क्षेत्रको संस्थागत विकासका लागि आवश्यक सहयोग दिइएको विश्व बैंक नेपाल निर्देशकको कार्यालयले जनाएको छ। विश्व बंैकले नेपालको आर्थिक क्षेत्रको विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।

यसैबीच, दक्षिण कोरियाका उद्योगी÷व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। 

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा दक्षिण कोरियाको चाङगोन चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन्। नेपाल भ्रमण आएका कोरियाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए। 

नेपाल चेम्बर्स अफ कमर्सले मंगलबार एक कार्यक्रम गरी नेपालमा कोरियाली प्रविधि भित्र्याउन र नेपालबाटै उत्पादन गरेर विभिन्न देशमा निर्यात गर्न कोरियाली उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको थियो।

कोरियाली चेम्बर्स अफ कमर्सका अध्यक्ष चोई चुङ क्यूले नेपाल लगानीका लागि अनुकूल देश भएको उल्लेख गर्दै त्यसमा लगानी गर्ने प्रतिवद्धता जनाएका थिए। नेपाल चेम्बर अफ कमर्सले कोरियामा उत्पादन हुने निर्माणका सामग्री नेपाल भित्र्याउन प्रयास गर्दै आएको छ। दक्षिण कोरियाले उत्पादन गरेका निर्माण सामग्रीलाई विश्व बजारमा गुणस्तरीय सामग्रीको रुपमा लिने गरिन्छ।


 

More form the Internet

loading...